Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २२,आईतवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपालको प्रमुख नाका वीरगञ्ज भन्सारमार्ग हुँदै नेपाल भित्रिने भारतीय नम्बर प्लेटका गाडीहरूबाट दैनिक लाखौं रुपैयाँको अवैध असुली हुने गरेको खुलासा भएको छ।

भन्सार कार्यालयका केही कर्मचारी, सुरक्षाकर्मी र स्थानीय गिरोहबीचको मिलेमतोमा यो संगठित कारोबार चलिरहेको स्रोतहरूको दाबी छ। पर्यटक बोकेका गाडीहरूका चालकहरूलाई समेत नक्कली कागजात देखाएर भन्सार पास गराउने र पैसा असुली गर्ने कार्य खुलेआम भइरहेको पाइएको छ।

गाडीधनी प्रमाणपत्र नहुँदा १० हजारसम्म असुली
नेपाल भित्रिने भारतीय गाडीमा सक्कली ब्लुबुक ९गाडीधनी प्रमाणपत्र० नभएको अवस्थामा प्रति गाडी १० हजार रुपैयाँसम्म असुली हुने गरेको चालकहरूले बताएका छन्। रेसखवरले प्राप्त गरेको अडियो रेकर्डमा नितेश यादव नामक व्यक्तिले कम्तिमा ५ हजार भारु तिर्नुपर्ने भन्दै बार्गेनिङ गरिरहेको स्पष्ट सुनिन्छ।

भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलेमतो
भन्सार कार्यालयकै एक कर्मचारीका अनुसार, इनर्वा र छपकैयाका १०–१२ जना युवाहरूले भन्सार परिसरमै बसेर भारतीय गाडीहरूको अवैध भन्सार प्रक्रिया मिलाइदिन्छन्। यस गिरोहको नेतृत्व नितेश यादव, अनिल यादव र विक्रम यादवले गर्दै आएका छन्।

स्रोतका अनुसार, उनीहरूले बिहान ८ बजेदेखि राति ११ बजेसम्म भन्सारमा बस्दै गाडी भन्सार पास गराउने काम गर्छन्। गम्भीर कुरा त के छ भने, कागजात नभएका गाडीहरूको समेत २० हजार भारुसम्म असुली गरेर पास गराइन्छ।

सुरक्षा निकायको अदृश्य साथ
इनर्वा प्रहरी चौकीमा खटिएका केही सुरक्षाकर्मीले पनि यस गिरोहलाई मौन समर्थन गर्दै आएको आरोप लागेको छ। भारतीय चालकहरूले गुनासो गर्दा उल्टै विचौलियासँग मिल्न सुझाव दिने गरेको दाबी गरिएको छ।

यससँगै भारतमा अपराध गरेर नेपाल छिर्ने अपराधी समूहहरू पनि यही गिरोहको सहयोगमा गाडी पास गराउने गरेको सूचना भारतीय प्रहरीलाई समेत प्राप्त भएको छ।

नक्कली कागजात उत्पादनको धन्दा र दोहोरो नागरिकता
रक्सौलमा गाडीधनी कागजात बनाउने र त्यसैको भरमा वीरगञ्जमा गाडी भन्सार गराउने काम पनि यही गिरोहले गर्ने गरेको बताइएको छ। अनिल यादव नामक व्यक्तिसँग दोहोरो नागरिकता ९भारत र नेपाल दुबै० रहेको पनि दाबी गरिएको छ।

पर्यटन व्यवसायमा नकारात्मक असर
होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष मोहन शर्माका अनुसार, सीमा नाकामा पर्यटकहरूलाई दुस्ख दिने प्रवृत्तिका कारण सीमापार पर्यटनमा नकारात्मक असर पर्न थालेको छ।

प्रशासनको प्रतिक्रिया
भन्सार प्रमुख दीपक लामिछानेले केही व्यक्तिहरूले नक्कली कागजात बनाएर भन्सार कटाउने प्रयास गर्ने गरेको जानकारी आएको बताए। अनिल यादवलाई केही समयअघि पक्राउ गराइएको र नितेश र विक्रमसम्बन्धी सूचनामा अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रहरी उपरीक्षक गौतम मिश्रले यस्तो किसिमको अवैध असुली प्रमाणित भए प्रहरी र भन्सार कर्मचारीलाई समेत कारबाही गरिने स्पष्ट पारे।

दैनिक ३–४ हजार भारतीय गाडी नेपाल प्रवेश
भन्सारका अनुसार, दैनिक ३ देखि ४ हजार गाडीहरू वीरगञ्ज नाकाबाट नेपाल प्रवेश गर्छन्, जसमा ८० प्रतिशत गाडीमा कागजातको समस्या हुने गरेको छ।

गाडीको प्रकारअनुसार सवारी शुल्क १०० देखि ७५० रुपैयाँसम्म लाग्ने भए पनि विचौलियाहरूले प्रति गाडी कम्तीमा ३ हजारदेखि १० हजारसम्म असुली गर्ने गरेको स्रोतको दाबी छ।

दैनिक डेढ लाखभन्दा बढी असुलीको अनुमान
स्रोतहरूका अनुसार, यो गिरोहले दैनिक करिब डेढ लाख रुपैयाँसम्म असुली गर्छ, जसमा भन्सार कर्मचारी र सुरक्षाकर्मीहरूलाई समेत मासिक रकम बाँडफाँट हुने गरेको छ।

निष्कर्ष
वीरगञ्ज भन्सार नाकामा चलिरहेको विचौलियाको अवैध धन्दा, नक्कली कागजातको प्रयोग र सुरक्षाकर्मीको मिलेमतोमा सञ्चालित व्यापक भ्रष्टाचार अब छानबिन र कारबाहीको दायरामा ल्याउनुपर्ने अवस्था आएको छ। यसले न केवल राज्यलाई आर्थिक क्षति पुर्याइरहेको छ, तर नेपालको पर्यटन र सुरक्षा प्रणालीमा गम्भीर प्रश्न पनि उठाइरहेको छ। सभार रेसखबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार २२,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद