Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ठोरीको दुर्गम शिकारीवासमा प्रमुख जिल्ला अधिकारीद्वारा नागरिकता वितरण, पुनिया देवीसहित ८ जनालाई नागरिकता प्राप्त

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २२,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । उमेरले पाँच दशक पार गरिसकेकी पुनिया देवीको अनुहार शनिबार खुशीले उज्यालिएको थियो, जब प्रमुख जिल्ला अधिकारी ९सिडिओ० गणेश अर्यालले आफ्नै घरको आँगनमा पुगेर नागरिकताको प्रमाणपत्र थमाइदिए।

भारतमै माइती भएकी पुनियासँग नागरिकता बनाउने कागजातहरू जुटाउन कठिन थियो, श्रीमान्ले समेत चासो नदेखाएको बताउँदै उनले भनिन्, ूआज म धेरै खुशी छु, अब म पनि नेपाली नागरिक भएँ।ू

पर्सा जिल्लाको सबैभन्दा दुर्गम मानिने ठोरी गाउँपालिका–३ स्थित शिकारीवास पुगेर प्रमुख जिल्ला अधिकारी अर्यालले शनिबार पुनिया देवीसहित ८ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय, पर्साद्वारा आयोजित एकीकृत सेवा कार्यक्रम अन्तर्गत सोना देवी, सीता देवी, फुलमति कुमारी थारु, गुञ्जा थारु, राहुल चौधरी, विशाल चौधरी र सोनिया चौधरी समेतलाई नागरिकता प्रदान गरिएको हो।

जिल्ला प्रशासन कार्यालयबाट केही दिनअघि खटिएको टोलीले आवश्यक कागजात संकलन गरेपछि प्रक्रियागत काम सम्पन्न गरी उनीहरूको घरदैलोमै गएर नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

शिकारीवास, झण्डै १५० वर्ष पुरानो बस्ती हो, जुन चितवन राष्ट्रिय निकुञ्जको बीच जंगलमा अवस्थित छ। यहाँका करिब ७० घरधुरी विशेषतः थारु समुदायका छन्।

हालसम्म यहाँ सडक, बिजुली, खानेपानी जस्ता आधारभूत सेवाहरूको पहुँच छैन। वीरगन्ज–ठोरी हुलाकी सडक खण्डबाट करिब पाँच किलोमिटर लामो कच्ची बाटो हुँदै मात्र यहाँ पुग्न सकिन्छ। वर्षाको समयमा खोलामा बाढी आउँदा बस्ती सडक सम्पर्कबाट पूर्णरूपमा टुट्ने गरेको छ।

सरकारी सेवा र सुविधाबाट टाढिएको यो क्षेत्रको नागरिकहरूलाई घरमै पुगेर नागरिकता वितरण गर्नु ऐतिहासिक प्रयासका रूपमा हेरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ असार २२,आईतवार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८२ असार २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद