Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भारतमा हराएकी सर्लाहीकी बालिका सई सुवास यादवको नेतृत्वमा सकुशल उद्धार

दुवै देशको सुरक्षाकर्मीको सक्रियता प्रशंसनीय

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २१,शनिबार
A A
5
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही। भारतको सितामढीबाट हराएकी सर्लाहीकी एक नेपाली बालिकालाई प्रहरीले सकुशल उद्धार गरी नेपाल फर्काएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सई सुवास यादवको नेतृत्वमा भारतीय प्रहरीसँगको समन्वयमा यो सफल उद्धार सम्पन्न भएको हो।

सर्लाहीको चक्रहरिया गाउँपालिका–९, खोरियाबाट गत जेठ २२ गते हराएकी बालिका भारत पुगेको सूचनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। प्रारम्भिक अनुसन्धानमा मदनपुर निवासी विवेक गिरीसँगको सम्बन्धका कारण बालिका भारत गएको हुन सक्ने खुलासा भएको थियो।

बालिकाकी आमा रिनादेवीको निवेदनपछि खोजी कार्य सुरु गरिएको थियो। सूचना प्रणालीमार्फत अनुसन्धान अघि बढाउँदै प्रहरी सई सुवास यादवले भारतको सितामढीमा बालिका रहेको पत्ता लगाएका थिए। तत्पश्चात भारतीय प्रहरीसँगको समन्वयमार्फत बालिकाको सफल उद्धार सम्भव भएको हो।

सर्लाहीका डिएसपी सरोज राईले दुवै देशको प्रहरीबीचको सहकार्य र सूचनाको तीव्र आदान–प्रदानका कारण छोटो समयमा बालिकालाई सकुशल उद्धार गर्न सकिएको बताए।

“समन्वयकारी रूपमा काम गर्दा यस्तो जटिल समस्या समाधान गर्न सजिलो हुन्छ,” — डिएसपी राई स्थानिय वडा नं। ९ का अध्यक्ष विजय कुमार यादवले समेत प्रहरी सई सुवास यादव नेतृत्वको टोलीको सक्रियता अत्यन्तै प्रशंसनीय रहेको भन्दै यस्तो उदाहरणले अन्य उद्धार प्रयासहरूमा प्रेरणा दिने विश्वास व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार २१,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद