Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

परवानीपुर गाउँपालिकामा बजेटको चरम दुरुपयोग – पार्टीको भ्रातृ संगठनलाई “धान दिवस” मनाउन सार्वजनिक रकम खर्च

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १५,आईतवार
A A
28
SHARES
149
VIEWS
Share on FacebookShare on Twitter

बारा, असार १५ — परवानीपुर गाउँपालिकामा सार्वजनिक बजेटको दुरुपयोग भएको छ । असार १५ गते राष्ट्रिय धान दिवस मनाउने क्रममा बजेटको दुरुपयोग भएको हो ।
अखिल नेपाल किसान महासंघ बाराले परवानीपुर गाउँपालिका वडा नं १ बुनियाद (कट्टी टोल) मा आईतबार राष्ट्रिय धान दिवस मनाएको थियो । ‘ धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मनाइएको २२ औं राष्ट्रिय धान दिवसको कार्यक्रममा पालिकाको बजेट प्रयोग गरिएको खुलासा भएको छ ।

अखिल नेपाल किसान महासंघ, बारा— नेकपा एमाले पार्टीको भ्रातृ संगठन हो । किसान महासंघले आयोजना गरेको कार्यक्रममा पालिकाको बजेट प्रयोग गरिएको खुलेको छ । पालिकाको कृषि विकास शाखाले नै राष्ट्रिय धान दिवस मनाउन कार्यक्रम गर्न सक्छ । पालिकाले आयोजना नगरी बाहिरी संघ संस्थालाई दिने हो भने सार्वजनिक सूचना आव्हान गरेर संस्था छनौटको प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।

तर परवानीपुर गाउँपालिकाले त्यस्तो प्रक्रिया पुरा नगरी पार्टीको भातृ संगठनलाई सहयोग गरेको छ ।
कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेल तथा उपाध्यक्ष सुगान्धी देवी पनि सहभागी भएका थिए । कार्यक्रमको सफल आयोजनामा सहयोग पु¥याएको भन्दै उपाध्यक्ष सुगान्धी देवीको श्रीमान उमेश गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा पालिका प्रति आभार प्रकट गरेका छन् । उनको यो पोष्टले एमालेको भातृ संगठनको कार्यक्रममा सरकारी बजेट खर्च गरिएको पुष्टि भएको छ ।
गाउँपालिकाको बजेट सामाजिक तथा सार्वजनिक हितका लागि हो, तर यसरी पार्टी निकट संगठनलाई बजेट दिएर राजनीतिक लाभ लिने प्रयास हुनु लोकतान्त्रिक मूल्य र सार्वजनिक वित्तीय अनुशासनविरुद्ध भएको जानकारहरु बताउँछन् । सार्वजनिक बजेट पार्टी निकट संगठनलाई किन दिइयो ? कार्यक्रम कस्तो प्रकृयाबाट अनुमोदित भयो ? लगायत प्रश्न सार्वजनिक वृत्तमा उठेको छ ।
पालिकाका अध्यक्ष रामक्षेत्री पटेललाई आफू स्वयं सहभागी भएको कार्यक्रममा पालिकाको बजेट के कति खर्च भएको जानकारी रहेनछ । उनीसँग किसान महासंघलाई दिएको बजेटका बारेमा कृषि शाखाका प्रमुख राम बहादुरसँग सोध्न आग्रह गरे ।
कृषि शाखाका राम बहादुरले भने त्यसको जानकारी प्रशासनसँग हुने बताए । ‘शाखाले नै अर्गनाइज गर्ने हो, कृषि शाखाबाट मनाइन्छ, कति सहयोग गर्नुभयो प्रशासनबाटै थाहा हुन्छ, हामीले समन्वय गरेर किसानहरु भेला गरेर मनाइदियौं । तर कत्तिको सहयोग पाउनुभयो उहाँहरुले माथिबाटै थाहा हुन्छ ।’ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार १५,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार १५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद