Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिपिएस कलेजको प्रेरणादायी पहल स् विद्यार्थीको आत्मबल बढाउन मोटिभेसनल ट्रेनिङ सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १३,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्ज पब्लिक स्कूल ९द्यएक्० ंद्द कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै एक प्रेरणादायी मोटिभेसनल ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ। जीवनमा स्पष्ट उद्देश्य, आत्मविश्वास र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम विद्यार्थीहरूको मनोबल वृद्धि गर्ने एक कोमल तर सार्थक पहल बनेको छ।

वीरगञ्ज–९, रानीघाटस्थित कलेजले होटल भिषवामा आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले आफ्नो क्षमता, सोच र भविष्यप्रतिको दृष्टिकोणबारे गहिरो आत्ममूल्यांकन गर्न पाए।

कार्यक्रमको अध्यक्षता शैक्षिक निर्देशक दीपक पटेलले गरे भने प्रमुख अतिथि पर्साका प्रहरी प्रमुख गौतम मिश्र र विशिष्ट अतिथि उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरिप्रसाद गौतमको उपस्थिति उत्साहजनक रह्यो। स्वागत मन्तव्य बोर्ड अफ डाइरेक्टर सदस्य राजेन्द्र चौधरीले राखे।

सकारात्मक सोच, उद्देश्य र सामाजिक उत्तरदायित्वमा जोड

प्रहरी प्रमुख मिश्रले विद्यार्थीहरूलाई प्रविधिको सदुपयोग गर्न प्रेरित गर्दै सामाजिक विकृतिबाट टाढा रहन आग्रह गरे। “स्मार्टफोन र इन्टरनेट तपाईंहरूको शक्ति हो, तर यसको प्रयोग बुद्धिमत्ताका साथ गर्नुपर्छ,” उनले भने।

एचआर डाइरेक्टर सन्दीप कुशवाहाले जीवन परिवर्तनका लागि आत्मअनुशासन, समय व्यवस्थापन र स्पष्ट लक्ष्य अपरिहार्य भएको बताए। “सफलता भाग्यले होइन, निरन्तर मिहिनेत र सोचको दृढताले आउँछ,” उनले जोड दिए।

प्रशिक्षकका रूपमा उपस्थित मानवसेवा आश्रमका संस्थापक देवेश मानवसेवाले जीवनमा उद्देश्य र सामाजिक जिम्मेवारीका मूल्यहरू विद्यार्थीहरूमाझ रोप्न प्रेरित गरे। “आजको सोच नै भोलिको वास्तविकता हो,” उनले भावुक शैलीमा भने।

विद्यार्थीहरूको प्रतिक्रिया उत्साहजनक

कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता प्रशिक्षणहरूले आत्मबल बढाउने, सोचमा सकारात्मक परिवर्तन ल्याउने र जिम्मेवार नागरिक बन्न प्रेरणा दिने अनुभव बाँडे। उनीहरूका अनुसार यस्ता कार्यक्रमहरूले पढाइसँगै जीवन सीप सिक्न सहयोग पुर्‍याउँछन्।

समापनमा शैक्षिक निर्देशक दीपक पटेलले विद्यार्थीको समग्र विकासका लागि कलेज सदैव प्रतिबद्ध रहने भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार १३,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार १३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद