वीरगन्ज — नेशनल मेडिकल कलेजले शुक्रबार एक कार्यक्रमका बीच स्नातकोत्तर ९पिजी० तहमा भर्ना भएका ५३ जना विद्यार्थीलाई स्वागत र शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा महिला विद्यार्थीहरूको उल्लेखनीय सहभागिता, चिकित्सा शिक्षाको गुणस्तर र सामाजिक उत्तरदायित्वका विषयमा जोड दिइएको छ।
कार्यक्रम उद्घाटन गर्दै कलेजका अध्यक्ष प्रा।डा। जैनुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा गुणस्तरीय र प्रतिस्पर्धात्मक बन्दै गएको बताउँदै अबका चिकित्सकहरूमा लगनशीलता, संवेदनशीलता र अनुशासन अपरिहार्य भएको स्पष्ट पारे।
“अहिले महिला विद्यार्थीहरू सर्जरी, एनेस्थेसिया जस्ता चुनौतीपूर्ण विषयमा समेत अब्बल छन्,” उनले भने, “यो परिवर्तन नेपालमै उच्च शिक्षा पहुँचयोग्य हुँदा सम्भव भएको हो।”
कार्यक्रममा महिला चिकित्सकहरूको बढ्दो सहभागितालाई ऐतिहासिक प्रगतिका रूपमा प्रस्तुत गर्दै, ५० वर्षअघिको अनुभव सुनाउँदै डा। अन्सारीले भने, “पहिले महिला विद्यार्थी रगत देख्दा बेहोस हुन्थे, आज उनीहरू अपरेसन कक्षमा रातभर खटिन्छन्। यो प्रेरणादायी परिवर्तन हो।”
प्रबन्ध निर्देशक शाहनावाज अन्सारीले विद्यार्थीहरूलाई चिकित्सा पेशालाई मानवता र संवेदनशीलतासँग जोड्न आग्रह गरिन्। “बिरामी तपाईंका किताब हुन्। लक्षण एउटै नहुन सक्छ, तर उपचार अवश्य हुनुपर्छ,” उनले भनिन्।
कार्यक्रममा संविधान र चिकित्सा क्षेत्रसँग सम्बन्धित बदलिँदो कानुनी चुनौतीबारे पनि प्रकाश पार्दै, बिरामीको हेरचाहमा कुनैपनि हेलचेक्र्याइँ नगर्न चिकित्सक विद्यार्थीहरूलाई सचेत गराइएको थियो।
कलेजका प्रिन्सिपल प्रा।डा। केएन सिंह, अस्पताल निर्देशक डा। इसरत जहाँ अन्सारी, मार्केटिङ तथा एडमिशन निर्देशक आबिद हुसैन अन्सारी, पिजी संयोजक डा। रवि कुमार शाह लगायत पिजी फ्याकल्टी प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा भविष्यका चिकित्सकहरूलाई शैक्षिक उत्तरदायित्वप्रति गम्भीर बनाउने सन्देश दिइएको थियो।
कार्यक्रमको सञ्चालन आयुष्मा महतो र एश्वर्या वेनेसाले गरे।



