Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कांग्रेसका उपलब्धि जनतासम्म नपुगेको स्वीकार : उपसभापति खड्का

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १३,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीले आफ्ना ऐतिहासिक राजनीतिक उपलब्धिहरू जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन नसकेको स्वीकार गरेका छन्।

मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै खड्काले संघीयता, समावेशिता, लोकतन्त्रजस्ता परिवर्तन कांग्रेसकै कारण सम्भव भए पनि ती विषयमा जनतालाई विश्वस्त बनाउन पार्टी चुकेको बताए।

“हाम्रा मुद्दामा हामी नै चुक्यौं,” उपसभापति खड्काले भने, “२०६० मै संघीयता र समावेशितालाई अंगिकार गरेका हौँ, तर त्यसको सन्देश जनतामा पुर्‍याउन सकेनौं।”

उनले जनतामा “संघीयता मधेसवादीको, समावेशिता कम्युनिस्टको” भन्ने भ्रम रहेको उल्लेख गर्दै ती ऐतिहासिक उपलब्धि कांग्रेसकै हुन् भन्ने बुझाउन प्रशिक्षक कार्यक्रमहरू आवश्यक भएको बताए।

संविधान संशोधनका लागि कांग्रेस अग्रसर
खड्काले संविधान संशोधनको आवश्यकता औंल्याउँदै कांग्रेसकै नेतृत्वमा संशोधन प्रक्रिया अघि बढ्ने बताए। संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै समानुपातिक प्रतिनिधित्व अझ मजबुत बनाइने उनको भनाइ थियो।

स्थानीय र प्रदेशबीचको समन्वय अभाव हटाउँदै जनसम्बन्ध सुधारको अभियान चलाइने जानकारी पनि उनले दिए।

कार्यक्रममा “कांग्रेसलाई हराउन कांग्रेस नै चाहिन्छ” भन्ने भनाइ पनि उठेको थियो, जसले पार्टीभित्र आन्तरिक एकता र व्यवस्थापनको गम्भीर संकेत गर्छ।

कार्यक्रममा केन्द्र, प्रदेशस्तरका नेताहरू तथा मधेस प्रदेशका आठवटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार १३,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार १३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद