Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा ३१९ किलो चरेससहित एक जना पक्राउ, नेपाल–भारत तस्करी सञ्जालमा संलग्नताको आशंका

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १२,बिहीबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – पर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई प्रहरीले ३१९ किलोग्राम चरेससहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यो सम्भवतः पर्सा जिल्लामा एकै पटक बरामद गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको चरेस हो। पक्राउ परेका स्याङ्तानको साथबाट नगद १ लाख ९२ हजार रुपैयाँ समेत बरामद गरिएको छ।

भारत तस्करीको तयारीमा चरेस लोड

बुधबार बेलुकी बाराको परवानीपुरबाट वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह ९ड्राइपोर्ट०तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई प्रहरीले परवानीपुर चोकमा रोकेर चेकजाँच गर्दा चरेस फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्रका अनुसार ट्रकको सामान राख्ने भागमा प्लास्टिकको बोरामा पोका बनाएर लुकाइएको अवस्थामा ३१९ किलो चरेस भेटिएको हो।

भारत लैजाने योजना, धादिङबाट लोड गरिएको खुलासा

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्रक चालक स्याङ्तानले चरेस धादिङबाट लोड गरेर ल्याएको र वीरगन्जको ड्राइपोर्ट नाका हुँदै भारत लैजाने योजना रहेको स्वीकारेको एसपी मिश्रले जानकारी दिए।

उनले भने, “बरामद चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँको हाराहारीमा छ।” स्याङ्तानलाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जानकारी प्रहरी उपरीक्षक मिश्रले दिए।

तस्करी सञ्जालको खोजीमा प्रहरी

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा एसपी मिश्रले चरेस तस्करीमा संलग्न अन्य व्यक्ति तथा सञ्जालको पहिचानका लागि विस्तृत अनुसन्धान भइरहेको बताए।

“लागुऔषध तस्करीको चेन ब्रेक गर्ने गरी पर्सा प्रहरीले विशेष अभियान चलाइरहेको छ,” उनले भने, “यही अभियानअन्तर्गत हामी सफल भएका छौं, अब तस्करीमा संलग्न ‘नेक्सस’ को खोजीमा पनि जुटेका छौं।”

प्रहरीले चरेस, गाँजा, अफिम लगायतका लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न अभियान तीव्र बनाएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार १२,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार १२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद