Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

झण्डै डेढ वर्षपछि वीरगन्ज नाकामा पुनः कोरोना संक्रमित भेटिए, दुई बालकमा संक्रमण पुष्टि

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ११,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — झण्डै डेढ वर्षपछि वीरगन्ज नाकामा पुनः कोरोना संक्रमित फेला परेका छन्। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा वीरगन्ज–१६ इनर्वास्थित शंकराचार्य प्रवेशद्वारमा सञ्चालित कोभिड हेल्थ डेस्कमा परीक्षणका क्रममा दुई भारतीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो।

वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, संक्रमण पुष्टि भएका दुवै बालक भारतीय हुन्।

एक जना बिहारको छौडादानोका १४ वर्षीय,

अर्का मोतिहारीको पिपराका १४ वर्षीय बालक रहेका छन्।

छौडादानोका बालकमा असार ३ गते र पिपराका बालकमा असार ७ गते परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको ठाकुरले जानकारी दिएका छन्। संक्रमण देखिएपछि उनीहरूलाई नेपाल प्रवेश गर्न नदिई भारत फर्काइएको उनले बताए।

भारतमा पुनः कोरोना देखिन थालेपछि कडाइ
पछिल्लो समय भारतका विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेपछि वीरगन्ज नाकामा हेल्थ डेस्कमार्फत स्क्रिनिङ प्रक्रिया कडाइ गरिएको ठाकुरले बताएका छन्।

उनका अनुसार, विशेषगरी लामो दूरीको यात्रा गरेर नेपाल आउने व्यक्तिहरूको स्क्रिनिङ गरिन्छ। रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएकाहरूको एन्टिजेन किटबाट परीक्षण गरिन्छ।

यसअघि २६ पुष २०८० मा भेटिएको थियो संक्रमण
ठाकुरका अनुसार, यसअघि २६ पुष २०८० मा एक नेपाली र एक भारतीयमा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि हालसम्म संक्रमित नदेखिए पनि असार महिनाबाट पुनः संक्रमित भेटिन थालेका हुन्।

जनस्वास्थ्य विज्ञहरूले सीमा क्षेत्रमा पुनः संक्रमण देखिनु चिउँता लिने बेला भएको भन्दै सतर्कता अपनाउनुपर्ने चेतावनी दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार ११,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद