Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साका ३ पालिकाले समयमा बजेट ल्याउन सकेनन्, मधेस प्रदेशभर ३३ पालिकाले कानूनी प्रावधानको उल्लंघन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ११,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा जिल्लाका १४ मध्ये ३ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित समयभित्र बजेट र नीति तथा कार्यक्रम ल्याउन नसकेको पाइएको छ। असार १० गतेभित्र बजेट ल्याउनु पर्ने कानूनी प्रावधान विपरीत ती पालिकाहरूले ढिलाइ गरेका हुन्।

समयमै बजेट नल्याउने पालिकाहरूमा छिपहरमाई गाउँपालिका, बिन्दवासिनी गाउँपालिका र धोबिनी गाउँपालिका रहेका छन्। यी पालिकाहरूमा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण समयमै बजेट सार्वजनिक गर्न नसकिएको हो।

पर्साका अन्य ११ पालिकाहरू—वीरगन्ज महानगरपालिका, पोखरिया, बहुदरमाई, पर्सागढी नगरपालिका, कालीकामाई, पकहामैनपुर, सखुवा प्रसौनी, पटेर्वा सुगौली, जिराभवानी, जगरनाथपुर र ठोरी गाउँपालिकाले भने असार १० गतेभित्रै नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरिसकेका छन्।

मधेस प्रदेशभर ३३ स्थानीय तहले बजेट ल्याउन सकेनन्
मधेस प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये ३३ वटाले अहिले सम्म पनि नीति तथा कार्यक्रमसहितको बजेट ल्याउन नसकेको पाइएको छ।

सप्तरीका १३ स्थानीय तहले अझै बजेट ल्याएका छैनन्।

तीमध्ये ४ पालिकाले नगररगाउँ सभा डाक्न प्रक्रिया नै थालेका छैनन्,

९ पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट पारित गर्न सकेका छैनन्।

धनुषाका ६ स्थानीय तह,

महोत्तरीका १,

सिरहा र सर्लाहीका १/१,

बाराका ३ स्थानीय तह — जीतपुरसिमरा उपमहानगरपालिका, सुवर्ण गाउँपालिका र निजगढ नगरपालिकाले पनि प्रमुख–उपप्रमुखबीचको विवादका कारण बजेट ल्याउन सकेका छैनन्।

रौतहटका ५ पालिका — देवाही गोनाही, बृन्दावन, फतुवा विजयपुर नगरपालिका, यमुनामाई र दुर्गा भगवती गाउँपालिकाले समेत बजेट र नीति कार्यक्रम सार्वजनिक गरेका छैनन्।

बजेट नल्याउने पालिकाको आलोचना कानूनी बेवास्ता र जनउत्तरदायित्वमा लापरवाही
समयमै बजेट नल्याउने पालिकाहरूले स्थानीय सरकार सञ्चालन ऐनको स्पष्ट उल्लंघन गरेका छन्, जसले विकास योजनाको कार्यान्वयन र सेवाप्रवाहमा अवरोध सिर्जना गर्ने विज्ञहरू बताउँछन्।

स्थानीय तहको प्रमुख दायित्व नै समयमै नीति तथा कार्यक्रमसहित बजेट ल्याउने भए पनि राजनीतिक असहमति, प्रशासनिक कमजोरी र व्यक्तिगत विवादले गर्दा जनताको अपेक्षा र सेवामा गम्भीर असर परेको देखिन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ असार ११,बुधबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८२ असार ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद