Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज–१० का ३३८ विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १०,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — वीरगन्ज महानगरपालिका–१० को अशोकवाटीमा रहेको रामचरण साह पानालाल माध्यमिक विद्यालयका ३३८ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। बालविकासदेखि कक्षा १० सम्मका सबै तहका विद्यार्थीले निःशुल्क पोशाक प्राप्त गरेका हुन्।

उक्त पोशाक वितरण वडा नम्बर १० को बजेटबाट गरिएको हो। वडा समितिको पहलमा आयोजित कार्यक्रममा वडाध्यक्ष सुशील कुमार साह कानु स्वयं उपस्थित भई विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरे।

विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष साह का अनुसार, शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

शिक्षा प्रवेशका लागि आर्थिक सहयोग महत्त्वपूर्णस् वडाध्यक्ष कानु
कार्यक्रममा बोल्दै वडाध्यक्ष कानुले भने, “बालबालिकाहरूलाई विद्यालयसम्म ल्याउने पहिलो कदम नै उनीहरूको आधारभूत आवश्यकतामा सहयोग पुर्‍याउनु हो। पोशाक वितरणले विद्यार्थीलाई विद्यालय आउन प्रोत्साहन मिल्छ।”

उनले शिक्षा क्षेत्रलाई सामाजिक रूपान्तरणको मेरुदण्डका रूपमा व्याख्या गर्दै आगामी दिनमा वडा कार्यालयले शिक्षा क्षेत्रमै थप लगानी गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

समुदायको सहभागितासहित सम्पन्न कार्यक्रम
पोशाक वितरण कार्यक्रममा वडा सदस्य मिश्रादेवी नगरकोटी, विद्यालय व्यवस्थापन समितिका सदस्य रेखा जैशी र अन्य स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक उमेशकुमार मिश्र, शिक्षक विनोद गिरी, तथा वडा सचिव पवन प्रधान लगायतले कार्यक्रमलाई सफल बनाउन सक्रिय भूमिका खेलेका थिए।

स्थानीय तहको पहलमा भएको यस प्रकारको कार्यक्रमले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आत्मविश्वास बढाउने मात्र नभई, शिक्षा क्षेत्रमा समुदायको विश्वास पनि सुदृढ बनाउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार १०,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार १०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद