Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मुख्यमन्त्री सिंहको चेतावनीस् “विद्यालय शिक्षामा गम्भीर संकट, सुधारको जिम्मा अब स्थानीय तहको”

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १०,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी — मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली अत्यन्त कमजोर हुँदै गएको भन्दै त्यसको समाधानका लागि स्थानीय तहलाई अग्रसर हुन स्पष्ट संकेत दिएका छन्।

मंगलबार औरही नगरपालिकाको १६औं नगरसभा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयहरूमा विद्यार्थी घट्दै जानु, अभिभावक र शिक्षकको उदासीनता तथा लागूऔषध दुव्र्यसनको बढ्दो प्रभावले शिक्षा क्षेत्रमा गहिरो संकट निम्त्याएको उल्लेख गरे।

“कहिल्यै नेतृत्वदायी भूमिकामा रहेका मधेसका जनशक्ति आज शिक्षाको सबैभन्दा नाजुक स्थितिमा छन्,” सिंहले भने, “अब यस संकटको अन्त्यका लागि स्थानीय सरकारहरूलाई नेतृत्व लिन ढिला गर्नु हुँदैन।”

शिक्षक र अभिभावकको निष्क्रियतास् शिक्षा संकटको मूल जड
मुख्यमन्त्री सिंहका अनुसार, सरकारी विद्यालयमा भर्ना भएपछि अभिभावक र शिक्षक दुवै आफ्नो कर्तव्यबाट पन्छिने प्रवृत्तिले सिकाइको गुणस्तर गिर्दै गएको छ। उनले भने, “एकले अर्कालाई दोष दिएर उम्कने संस्कृतिका कारण विद्यार्थीको भविष्य संकटमा छ।”

लागूऔषध दुव्र्यसनस् विद्यालयमै फैलिँदै गएको सामाजिक रोग
मुख्यमन्त्री सिंहले विद्यालयमा फैलिएको लागूऔषध दुर्व्यसनप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। “आज बालबालिका विद्यालयभित्रै नशाको जालमा फसिरहेका छन्,” उनले चेतावनी दिए, “शिक्षकको जिम्मेवारी यहाँ अत्यन्तै गम्भीर बनिसकेको छ। यो समस्या केवल शैक्षिक होइन, सामाजिक चुनौती हो।”

निजी विद्यालयमाथि प्रहार
सिंहले मधेसका निजी विद्यालयहरूबारे पनि आलोचनात्मक टिप्पणी गरे। उनले ती विद्यालयहरूलाई ‘केवल सर्टिफिकेट वितरण गर्ने संस्थामा सीमित’ भएको आरोप लगाए। उनका अनुसार, शिक्षाको गुणस्तरभन्दा प्रमाणपत्रको संख्या ठूलो मानिने गलत धारणाले समग्र शिक्षा प्रणाली प्रभावित भएको छ।

स्थानीय तहको भूमिकामा जोड
सिंहले शिक्षा क्षेत्रमा सुधार ल्याउन नगर प्रमुख, उप–प्रमुख र प्रशासकीय अधिकृतहरूलाई अग्रसर हुन आह्वान गरे। उनले भने, “समाधान बाहिर होइन, स्थानीय सरकारकै सक्रियता र उत्तरदायित्वमा निर्भर छ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ असार १०,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ असार १०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद