Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो ४५ करोडभन्दा बढीको बजेट, शिक्षा र स्वास्थ्यमा विशेष जोड

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ९,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — जगरनाथपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ४५ करोड ४१ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। सोमबार गाउँपालिका–४ सन्ठीस्थित विद्यालय प्रांगणमा सम्पन्न १३औं गाउँसभा अधिवेशनमा अध्यक्ष श्रीकान्त प्रसाद यादवले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

अध्यक्ष यादवले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य रकम विनियोजन गरिएको छ। शिक्षा क्षेत्रमा १ करोड ६३ लाख, स्वास्थ्य क्षेत्रमा १ करोड ६० लाख, कृषिमा ७५ लाख, पशु सेवामा १० लाख ५० हजार, सामाजिक विकासतर्फ १ करोड र वडा कार्यालयमार्फत सञ्चालित योजनाहरूमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेटको स्रोत विवरण
बजेटका लागि खर्च धान्ने मुख्य स्रोतहरूमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान ९१० करोड ५६ लाख०, सशर्त अनुदान ९१८ करोड ३ लाख०, विशेष अनुदान ९२ करोड ८९ लाख० तथा राजस्व बाँडफाँड ९८ करोड ८२ लाख० रहेका छन्। यस्तै, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा झण्डै ३ करोडभन्दा बढी रकम प्राप्त हुने अनुमान गरिएको छ भने गाउँपालिकाको आन्तरिक स्रोत र मौज्दातबाट २ करोड ५५ लाख जुटाइनेछ।

सांसद रिजालको सुझाव
गाउँसभामा प्रमुख अतिथिको रुपमा सहभागी भएका पूर्व उद्योगमन्त्री तथा पर्सा–४ का सांसद रमेश रिजालले नीति तथा कार्यक्रमको प्रशंसा गर्दै शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा कुनै कमी हुन नदिन प्रतिनिधिहरूलाई सुझाव दिए। साथै, उनले जनसेवा र विकासका कार्यमा राजनीतिक पूर्वाग्रह नराख्न आग्रह गरे।

सहभागीता र वातावरण
सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले गरेका थिए। कार्यक्रममा उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा सरोकारवाला पक्षको उल्लेखनीय उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ असार ९,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ असार ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद