Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पटेर्वा सुगौली गाउँपालिकाले ४१ करोड बढीको बजेट सार्वजनिक गर्दै प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ९,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ४१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। सोमबार गाउँपालिका–४ स्थित वडा कार्यालयको सभाहलमा बसेको १३औं गाउँसभामा उपाध्यक्ष ममता महत्तो थारुले नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेकी हुन्।


बजेटमार्फत कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र उद्यमशीलतालाई प्राथमिकता दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताका अनुसार ‘एक गाउँ एक उद्यम कार्यक्रम’ लागू गरिनेछ भने सामुदायिक विद्यालयमा ‘खेल्दै सिक्दै’ कार्यक्रम सञ्चालन गरिनेछ।

त्यस्तै, आधारभूत अस्पतालको सेवा स्तरीय बनाउने, कृषि सिँचाइका लागि पोल तार तथा ट्रान्सफर्मरको व्यवस्था गर्ने, पशु बीमालाई निरन्तरता दिने र अर्गानिक कृषिमा जोड दिने कार्यक्रमहरु बजेटमा समेटिएको छ।

साथै, कृषि उपजको बजारीकरण, मुख्य सडकहरू कालोपत्रे गर्ने लगायतका योजना पनि समावेश छन्।

गाउँसभा अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो
मुख्य समाचार

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेस देश र घर जलाउने पार्टी होइन, देश बनाउने पार्टी हो

प्रकाशित : २०८२ असार ९,सोमबार
बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत
मुख्य समाचार

बीरगंजको मुरली गाउँ, मुरली बगैंचा र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

प्रकाशित : २०८२ असार ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद