Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जीराभवानी गाउँपालिकाको ३६ करोडको बजेट सार्वजनिक, कृषि, शिक्षा र स्वास्थ्यमा प्राथमिकता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ८,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा जिल्लाको जीराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ३६ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

आइतबार वडा नं। ३ को कार्यालयमा सम्पन्न १५औं गाउँसभामा उपाध्यक्ष रेखा चौधरीले नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्दै गाउँपालिकाको विकासका लागि प्राथमिकताका क्षेत्रहरूबारे जानकारी दिइन्।

संघीय सहयोग र आन्तरिक स्रोत

उनका अनुसार बजेटको स्रोतमध्ये ९ करोड रुपैयाँ संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट, १८ करोड सशर्त अनुदानबाट, ८ करोड राजस्व बाँडफाँटमार्फत र १ करोड रुपैयाँ आन्तरिक आम्दानीबाट आउने अनुमान गरिएको छ।

शिक्षा र स्वास्थ्यलाई अगाडि

गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई आगामी वर्षको नीति तथा कार्यक्रममा शीर्ष प्राथमिकता दिएको छ। दुईवटा माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको पठनपाठनलाई निरन्तरता दिइने भएको छ भने, आगामी मंसिरभित्र १० शैयाको आधारभूत अस्पताल सञ्चालन गर्ने लक्ष्य लिइएको छ।

भौतिक पूर्वाधार र प्रशासनिक भवन

गाउँपालिकाको प्रशासनिक भवन फागुन महिनाभित्र सम्पन्न गर्ने योजना रहेको उपाध्यक्ष चौधरीले बताइन्। यसका साथै स्थानीय पूर्वाधारको स्तरोन्नतिमा पनि बजेट छुट्याइएको छ।

कृषिमा उत्पादनदेखि बजार व्यवस्थापनसम्म

कृषिमा आत्मनिर्भरता अभिवृद्धि गर्न बालीको उत्पादन, वितरण, भण्डारण र बजार व्यवस्थापनसम्मको नीति तय गरिएको छ। किसानहरूलाई मल, बीउ, कीटनाशक औषधि सहज रुपमा उपलब्ध गराउने र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने नीति पनि बजेटमा समावेश गरिएको छ।

सिँचाइमा आत्मनिर्भरता

प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाका अनुसार प्रदेश सरकारसँग ५ करोड रुपैयाँको सहयोग माग गरी कृषि विद्युतीकरण तथा सिँचाइ प्रणाली विस्तार गरिनेछ। खडेरीका कारण समस्यामा परेका किसानका लागि नदी, खोलामा समेत सिँचाइ आयोजना सुरु गरिने छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार ८,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद