Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजमा अन्तर्राष्ट्रिय योग दिवसको भव्य उत्सव “वसुधैव कुटुम्बकम्” को भावनाले गुञ्जियो शंकराचार्य गेट

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ७,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter


वीरगंज, असार ७ — “एक पृथ्वी, एक स्वास्थ्य” भन्ने नारासँगै, भारतीय महावाणिज्य दूतावास, वीरगंजले ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिबार बिहान शंकराचार्य गेटमा एक भव्य योग कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रमको प्रमुख आकर्षण बने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जसले योगलाई “सबै रोगको अचुक औषधि” भन्दै दैनिक जीवनशैलीमा यसको अवलम्बन अपरिहार्य भएको बताए।

शारीरिक जागरणसँगै सम्वेदनाको सन्देश
साताव्यापी कार्यक्रमअन्तर्गतको समापन समारोहमा सयौं सहभागीहरूको उत्साहपूर्वक उपस्थिति रहेको थियो। प्रशिक्षित योग प्रशिक्षकहरूको नेतृत्वमा सामूहिक योग अभ्यास गरियो, जहाँ शारीरिक सन्तुलनसँगै मानसिक शान्तिको अनुभूति गरिएको थियो।

मुख्यमन्त्री सिंहले आफ्नो सम्बोधनमा भने,

“योग स्वास्थ्यको सुरक्षाकवच हो, जसले शारीरिक र मानसिक सन्तुलन कायम गर्छ।”

संस्कृति, स्वास्थ्य र सम्वन्धको समागम
भारतीय महावाणिज्यदूत देवी सहाय मिनाले सहभागीहरूलाई स्वागत गर्दै योगको ऐतिहासिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय महत्त्वबारे प्रकाश पारिन्। उनले मानव र प्रकृतिबीचको समन्वय कायम राख्न योगले खेलेको भूमिकालाई विशेष रूपमा उल्लेख गरिन्।

उच्चस्तरीय सहभागिता
कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सुरक्षा निकाय प्रमुखहरू, पतञ्जली योग समिति, नेपाल–भारत मैत्री संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन भारतीय महावाणिज्य दूतावासका राजनीतिक कन्सुल संजयकुमारले गरेका थिए। सहभागीहरूले “वसुधैव कुटुम्बकम्” ९पूरा विश्व नै एक परिवार हो० भन्ने भावनाले निर्देशित योग अभियानले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाएको धारणा व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार ७,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार ७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद