Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रौतहटको गरुडा नगरपालिकाको १३ औं नगर अधिवेशन भव्यताका साथ सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ६,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

रौतहटको गरुडा नगरपालिकाको १३ औं नगर अधिवेशन शुक्रवार भव्यताका साथ सम्पन्न भएको छ। गरुडा बजार स्थित निर्माणाधीन प्रशासकीय भवनमा सम्पन्न उक्त अधिवेशनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सम्बोधन गर्दै स्थानीय तहको समावेशी विकासमा खुशी व्यक्त गर्नुभएको छ।

मन्त्री गुप्ताले हरेक पार्टीबाट निर्वाचित जनप्रतिनिधि रहेको समावेशी तह भएकाले यहाँ शान्ति र सौहार्दपूर्ण वातावरणमा विकासका कार्यहरू प्रभावकारी रूपमा अगाडि बढिरहेको भन्दै प्रशंसा गर्नुभएको छ। उहाँले पालिकालाई कसरी विकसित बनाउने, विकास संरचनाहरूलाई कसरी मजबुत पार्ने, जनमुखी बजेट विनियोजन र पारदर्शी रूपमा काम अगाडि बढाउने जस्ता विषयमा नगरप्रमुखले राम्रो काम गरेको बताउनुभयो।

अधिवेशनमा प्रस्तुत बजेटलाई जनतासम्म विकासको ढाँचा पुर्याउने र सिंह दरबारको अवधारणालाई आम नागरिकसम्म पुर्याउँदै देशको समग्र विकासमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री गुप्ताले स्पष्ट पार्नुभयो। साथै, स्थानीय तहमा रहेका विकृति र विसंगतिहरूलाई अन्त्य गर्न सबै जनप्रतिनिधि र सरोकारवालाहरूले मिलेर काम गर्नुपर्ने सन्देश उहाँले दिनुभयो।

नगरपालिकाका उपनगरप्रमुख पुनम कुमारी चौधरीले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रस्ताव पेश गर्दै वित्तीय समानिकरण अनुदान १३ करोड ४० लाख, राजस्व बाँडफाँड ११ करोड ४८ लाख ५६७, आन्तरिक आय १० करोड ८८ लाख, संघीय सरकारबाट प्राप्त चालु सशर्त अनुदान २३ करोड ७३ लाख २० हजार, पूँजिगत अनुदान ३ करोड ४१ लाख, प्रदेश राजस्व बाँडफाँडबाट ३० लाख र प्रदेश पूरक अनुदान २० लाख गरी कुल ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाँको बजेट प्रस्ताव गरेकी छिन्।

नगरप्रमुख कन्थमुणी प्रसाद कलवारले अधिवेशन समापन गर्दै नगरको समृद्धि र विकासका निमित्त आफ्नो सम्पूर्ण योगदान र त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार ६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद