Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सर्लाहीमा प्रहरी नायब निरीक्षकमाथि मुद्दा मिलाउने नाममा पैसा असुली गरेको गम्भीर आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ४,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही — तराईका जिल्लामा प्रहरीप्रति बढ्दो जनविश्वासका बीच सर्लाहीमा प्रहरीले नै भ्रष्टाचारका आरोपले छवि धुमिल पार्ने खतरा बढेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हनुमान राउत अहिरमाथि मुद्दा मिलाउने नाममा रकम असुली गरेको गम्भीर आरोप लागेको छ।

पीडितहरूले बताएका छन् कि सई राउतले मुद्दा बलियो वा कमजोर बनाउने बहानामा दुवै पक्षसँग बार्गेनिङ गरी रकम असुली गर्ने गरेका छन्। कतिपय अवस्थामा उनले पीडित र पीडक दुवैबाट पैसा मागेको समेत आरोप छ। एक पीडितले त राउत आफैं घरमै आएर मानसिक दबाब दिँदै रकम मागेको दाबी गरेका छन्।

सिराहामा सरुवा भइसके पनि उनले अझै सर्लाहीमै ‘काज’ मिलाएर प्रभुत्व जमाइरहेको खबर छ। प्रहरी संगठनभित्र भ्रष्टाचार नियन्त्रण र जनमैत्री व्यवहारको अभियान अघि बढिरहेकाबीच यसले प्रहरीप्रति जनविश्वासमा ठेस पुर्‍याउने खतरा देखिएको छ।

अब उच्च तहबाट छानबिन गरी कारबाही हुने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार ४,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद