Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुनचाँदी व्यवसायीहरुको चेतावनी – माग पूरा नगरे आन्दोलन हुन्छ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ३०,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले सरकारले २ प्रतिशत विलासिता कर तथा हिरा र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट नहटाए असार २ गतेदेखि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएका छन्।

शुक्रबार विराटनगरमा नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले पत्रकार सम्मेलन आयोजना गरी सरकारको गलत कर नीतिले नेपाली उपभोक्ताहरू सीमावर्ती भारतीय बजारमा जाने सम्भावना बढेकाले आर्थिक वर्ष ०८२÷८३ को बजेटमा लगाइएको कर सच्याउन माग गरेका हुन्।

उनीहरूले अहिले सरकारले लिइरहेको सुन आयातमा १० प्रतिशत भन्सार र १० लाख रुपैयाँभन्दा बढीको सुनका गरगहना खरिद गर्दा लगाइएको विलासिता कर नै उपयुक्त भएको समेत बताएका छन्। सरकारले विलासिता कर लगाएर नेपाली उपभोक्ताहरू माथि अनावश्यक कर थोपरेको मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास बेगबानीले बताए।

सुनचाँदी व्यवसायीहरूले सरकारले सुन खरिदमा लगाएको कोटा प्रणालीका कारण पनि सुनचाँदी महंगिएको र सुन तस्करी बढेको समेत बताएका छन्। सुनचाँदी व्यवसायीहरूले अहिले आफूहरूले पसल बन्द गरेर विरोध प्रदर्शन मात्र गरिरहेको र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।साभारः अन्नपूर्णपोष्ट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ जेष्ठ ३०,शुक्रबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ जेष्ठ ३०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद