Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

फतुवा विजयपुरका पूर्व प्रशासनिक प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झुटा बिलमार्फत आर्थिक हिनामिना !

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २६,सोमबार
A A
7
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –
रौतहटको फतुवा विजयपुर नगरपालिकामा कृषि उपकरण खरिदको नाममा भएको आर्थिक हिनामिनाका कारण तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कृषकलाई वितरण गरिने स्प्रे टंकीको खरिद प्रक्रियामा बोलपत्र आह्वानका नाममा झुटा पत्रिका र नक्कली बिल भरपाई प्रयोग गरी नगरपालिकाबाट गैरकानुनी भुक्तानी गरिएको प्रमाणित भएको छ।

झुटा सूचना, नक्कली दस्तावेज

नगरपालिकाले जनसवाल राष्ट्रिय दैनिक र तराई पोस्ट दैनिकमा सूचना प्रकाशित गरिएको भनेर कागजात पेश गरे पनि प्रेस काउन्सिलको पुष्टिकरणमा ती सूचना दुवै पत्रिकामा कहिल्यै प्रकाशित नभएको खुलासा भएको हो।

त्यसका आधारमा जनसवाल दैनिकलाई रु १,७२,८२५ र तराई पोष्टलाई रु ३९,४०० गरी जम्मा रु २,१२,२२५ को भुक्तानी दिइएको थियो। अनुसन्धान अनुसार उक्त रकम प्रतिवादीहरूले मिलेमतोमा गैरकानुनी लाभको रूपमा बुझेका छन्।

मुद्दा भोग्ने पाँच प्रतिवादी :

शम्भु कुमार यादव – तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत

नविन कुमार यादव – तत्कालीन सह–लेखापाल

रामजी वगाले – जनसवाल राष्ट्रिय दैनिकका सम्पादक

रुपेन्द्र पटेल – तराई पोष्ट दैनिकका प्रकाशक

ओमप्रकाश यादव – तराई पोष्ट दैनिकका प्रतिनिधि

सरकारी कागजातमा हेरफेर, चेकमा केरमेट

जाँचका क्रममा भुक्तानीका लागि जारी गरिएको चेकमा नाम मेटिएको, नक्कली पत्रिका नगर अभिलेखमा राखिएको, र सरकारी कागजातहरूमा बदनियतपूर्वक हेरफेर गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

विशेष अदालतमा मुद्दा

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सबै प्रतिवादीमाथि कानुनी कारबाही माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको जानकारी आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८२ जेष्ठ २६,सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८२ जेष्ठ २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद