Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा भारतबाट तस्करी गरिएको ७,५०० कुखुराका चल्ला बरामद

डकैला चोकबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २४,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, जेठ २४ – सशस्त्र प्रहरी बल नेपाल, पर्साले भारतबाट अवैध तवरले नेपाल भित्र्याइएको ७,५०० गोटा प्रतिबन्धित कुखुराको चल्ला बरामद गरेको छ।

सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ स्थित डकैला चोकमा छापा मार्दै तस्करीको प्रयासमा रहेका ३ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरिएको ७५ कार्टन ब्रोइलर चल्ला नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेंद्रबहादुर सिंहका अनुसार बरामद गरिएका प्रतिबन्धित ब्रोइलर चल्ला क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको छ।

यस किसिमको तस्करीले पशु स्वास्थ्य, स्थानीय पोल्ट्री व्यवसाय र खाद्य सुरक्षामा खतरा निम्त्याउने भएकाले सशस्त्र प्रहरी बलले कडाइका साथ निगरानी गरिरहेको जानकारी सिंहले दिनुभयो।

तस्करी कार्यमा प्रयोग गरिएका मोटरसाइकलहरूलाई आवश्यक कानूनी प्रक्रिया पुर्‍याएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध चल्ला तस्करीका गतिविधिहरू नियन्त्रण गर्न सक्रिय गस्ती, सूचना संकलन र स्थानीय समन्वयलाई अझ सशक्त बनाएको बताएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ २४,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद