Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा ट्राफिक सप्ताहको तेस्रो दिन जनचेतनामूलक कार्यक्रम सम्पन्न

सडक सुरक्षा सन्देश फैलाउँदै ट्राफिक प्रहरीको सक्रियता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २४,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, असार २४ — ट्राफिक सप्ताह २०८२ अन्तर्गत तेस्रो दिन पनि वीरगञ्जमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी सडक सुरक्षाबारे सन्देश फैलाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा भइरहेका कार्यक्रमहरू क्रमशः प्रभावकारी बन्दै गएका छन्।

कार्यक्रम अन्तर्गत वीरगञ्जको बसपार्कस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा साप्ताहिक जेब्रा क्रसिङ, बाटो र सडक पेटी सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रममा सवारी चालक र पैदल यात्रुहरूलाई ट्राफिक सचेतना पर्चा र पम्पलेट वितरण गरिएको थियो।

यस्तै, मिलन चोकमा गुननिधि खकुरेलको नेतृत्वमा सञ्चालन गरिएको जनचेतनामूलक कार्यक्रममार्फत सर्वसाधारणलाई सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी जानकारी प्रदान गरियो।

कार्यक्रमको समन्वय जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभएको थियो। उहाँको नेतृत्वमा गण्डक, बसपार्क लगायतका क्षेत्रहरूमा सचेतनामूलक स्टिकर टाँस्ने, ट्राफिक नियमसम्बन्धी व्यावहारिक ज्ञान दिने, र चालक–यात्रीसँग प्रत्यक्ष संवाद गर्ने कार्य गरिएको थियो।

प्रहरी निरीक्षक भट्टले जानकारी दिनुहुँदै भन्नुभयो, “ट्राफिक सप्ताहलाई सुरक्षित र अनुशासित सडक व्यवस्थापनतर्फ नागरिक सहभागिता बृद्धि गर्ने अवसरको रूपमा लिएको छ।”

उहाँका अनुसार आगामी दिनहरूमा वीरगञ्जका अन्य क्षेत्रमा पनि सडक सुरक्षा सचेतना अभियानहरू सञ्चालन गरिनेछन्। ट्राफिक प्रहरी कार्यालयले नागरिक र सरोकारवालाको सहकार्यमा सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ जेष्ठ २४,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ जेष्ठ २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद