Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज र वीरगञ्ज महानगरबीच ऐतिहासिक स्वास्थ्य सेवा सम्झौता, १३ वटै वडाका नागरिक लाभान्वित हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २१,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्साको भेडियाहीस्थित नेशनल मेडिकल कलेज र वीरगञ्ज महानगरपालिकाका १३ वटै वडाबीच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ। बुधबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा १३ वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार, महानगरवासीले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट पाउनेछन्। ओपिडी टिकटमा २५ प्रतिशत, जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियु बेडमा ५ प्रतिशत, लाप्रोस्कोपिक तथा इण्डोस्कोपिक सेवामा ८ प्रतिशत, पाथोलोजी जाँचमा १० प्रतिशत, एक्सरे, इसिजी, भिडियो एक्सरे लगायत सेवामा ७ प्रतिशत, सिटी स्क्यान र एमआरआईमा ७ प्रतिशत छुट दिइनेछ। त्यस्तै, फार्मेसी ओपिडीमा १० प्रतिशत र फार्मेसी आईपिडीमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

उक्त सेवा पाउनका लागि नागरिकले आफ्नो वडाको कार्यालयबाट सिफारिससहितको पत्र पेश गर्नुपर्नेछ। सम्झौतामा हरेक तीन महिनामा ३२ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

प्रबन्ध निर्देशक सहनवाज अन्सारीका अनुसार, यो सम्झौता एक वर्ष लागू हुनेछ र दुवै पक्षको सहमतिमा आवश्यक परे परिमार्जन वा विस्तार गर्न सकिनेछ। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका अधिकांश वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्षहरूले यस दिनलाई “ऐतिहासिक दिन” को रूपमा वर्णन गर्दै यस सम्झौताबाट गरिब, असहाय र ग्रामीण बासिन्दाहरू लाभान्वित हुने विश्वास व्यक्त गरे।

अस्पतालकी निर्देशक डा. ईसरत जहान अन्सारीले आजको दिनलाई सबैका लागि विशेष मान्दै, शहरदेखि गाउँसम्मका जनतालाई स्वास्थ्य सेवा सहज हुने बताइन्। कार्यक्रममा अस्पतालका मार्केटिङ तथा एडमिसन डाइरेक्टर आबिद हुसेन, एकेडेमिक डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, प्रधानाध्यापक प्रा. डा. केएन सिंह लगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो।

यो सम्झौतासँगै नेशनल मेडिकल कलेज र वीरगञ्ज महानगरपालिकाको सहकार्यमा महानगरवासीहरूले अब गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग
मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

प्रकाशित : २०८२ जेष्ठ २१,बुधबार
पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया
मुख्य समाचार

पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया

प्रकाशित : २०८२ जेष्ठ २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद