Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा प्रकृति सेवा प्रतिष्ठानद्वारा साइकल रैली, वातावरणप्रति जनचेतना अभिवृद्धि

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २१,बुधबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — विश्व वातावरण दिवस २०८२ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा मा.वि.को सहकार्यमा आयोजित पाँच दिने कार्यक्रमअन्तर्गत बुधबार चौथो दिन साइकल रैलीको आयोजना गरी वातावरण संरक्षणप्रति जनचेतना फैलाएको छ।

साइकल रैली कार्यक्रममा प्रमुख अतिथि समाजसेवी प्रकाश उपाध्याय, प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, शारदा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, प्रतिष्ठानका सहसचिव अबिनाश झा, सदस्यहरू भोला प्रसाद, केदार गुप्ता, साथै श्री शारदा मावि बहुअरीका कक्षा ९ र १० का ४० विद्यार्थी तथा श्री नेपाल राष्ट्रिय मावि मुर्ली वीरगञ्जका कक्षा ९ र १० का २७ विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

रैली नेरामावि मुर्लीबाट सुरु भई शारदा माविसम्मको अल्पविरामपछि हरियो झण्डा देखाएर औपचारिक उद्घाटन गरिएको थियो। त्यसपछि रैली हरपतगञ्ज, सुगौली, अठराहा सुगौली, ड्राइपोर्ट हुँदै पुनः शारदा विद्यालयमै समापन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि उपाध्यायले हामी सबैको जीवनमा वातावरणको अमूल्य योगदानलाई स्मरण गर्दै, प्राकृतिक स्रोतहरूको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे। उनले विद्यार्थीहरूलाई वातावरणमैत्री सोच र व्यवहारलाई आत्मसात गर्न प्रेरित गर्दै आयोजक संस्था र विद्यालयलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे।

प्रतिष्ठानका अध्यक्ष सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज”, “प्लास्टिक झोला मुक्त समाज”, र “धरतीलाई बचाऔं, वातावरणलाई जोगाऔं” जस्ता मूल सन्देशलाई अभियानको केन्द्रमा राखी विगत तीन दिनदेखि सरसफाइ कार्यक्रम र चौथो दिन साइकल रैलीमार्फत जनचेतना फैलाइएको जानकारी दिए।

सिंहले वातावरणप्रति जिम्मेवारी बोध गराउने यस्ता कार्यक्रमले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सहभागी विद्यार्थी, शिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक आभार प्रकट गरे।

यस कार्यक्रमले आगामी पुस्तामा वातावरणप्रेमी चेतना विकास गर्ने उद्देश्य सहित समुदायमा सकारात्मक सन्देश पुर्‍याएको आयोजकहरूले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ जेष्ठ २१,बुधबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ जेष्ठ २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद