Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज तथा महानगर स्वास्थ्य चौकी प्रमुख बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज । नेशनल मेडिकल कलेजमा बिरगंज महानगरपालिकाका भित्र रहेको सम्पूर्ण स्वास्थ्य चौकी प्रमुख विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य सेवामा पहुँच र नागरिकबीच जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजले नेपाल सरकारबाट मान्यता प्राप्त विभिन्न सेवा कार्यक्रमहरू — जस्तै स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक औषधि उपचार योजना, क्षयरोग (टीबी) नियन्त्रण कार्यक्रम, खोप सेवा तथा कर्मचारी सञ्चय कोष—बारे विस्तृत जानकारी प्रस्तुत गरियो।

कार्यक्रम कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीले सरकारले निःशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरे तापनि धेरै नागरिकहरूले यसको लाभ लिन नसकेको उल्लेख गर्दै, स्वास्थ्य चौकी प्रमुखहरूलाई आफ्ना(आफ्ना वडामा जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्न आग्रह गरे। उनले निकट भविष्यमा मधेश प्रदेशका आठवटै जिल्लाका स्वास्थ्य चौकीहरूसँग यस्तै खालको अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए।

कार्यक्रममा कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ अस्मिन, एडमिसन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ता, मेट्रोन विकास गुप्ता लगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद