Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज १ छपकैयाका एक पुरुषलाई आफ्नै नाबालिक छोरीलाई यौन दुर्ब्यवहार गरेको अभियोगमा पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २६,मंगलवार
A A
file photo

file photo

10
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, । पर्सामाआफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले नेकमेकबाट साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा वीरगन्जबाट एक जना बाबुलाई पक्राउ गरेको हो । पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सामाजिक सञ्जाल र डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबाट सूचना आएको र सोही सूचना बमोजिम नेपाल प्रहरीको साइबर ब्युरोको समन्वयमा ती पुरुषलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

प्रहरीका अनुसार पीडकले अभियुक्तले आफ्नो जिमेल अकाउन्ट र ड्राइभमा अश्लील तस्बिर राखेका थिए । उक्त अश्लील तस्बिरबारे नेपाल प्रहरीलाई नेकमेकले जानकारी गराएको थियो । यसरी नेकमेकबाट सूचना आइसकेपछि साइबर ब्युरोले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीलाई प्राप्त विवरणअनुसार अभियुक्तले तीन वटा मोबाइल नम्बरहरू प्रयोग गरेको देखिन्छ । यी सबैको विस्तृत विश्लेषणपछि प्रहरीले पर्सा जिल्लाको वीरगन्ज (१ छपकैयाका एक पुरुषलाई पक्राउ गरेको हो । उनको परिचय गोप्य राखिएको छ । प्रहरीले अभियुक्तलाई यही २२ चैतमा नियन्त्रणमा लिए पनि सार्वजनिक भने मङ्गलवार गर्ने बताएको छ।

प्रहरीले उनको साथबाट सम्बन्धित भिडिओसमेत बरामद गरेको जानकारी दिएको छ । प्रहरीले उनी विरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ।

उनी विरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप भैसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ चैत्र २६,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ चैत्र २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद