Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मदिरा सेवन गरी अभद्र व्यवहार गरेको कारण प्रमुख प्रशासकीय अधिकृत पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २१,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया। बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट बुधवार बेलुका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेर मङ्गलवार कार्यालय समयमा कार्यालय भित्र नगर प्रमुख छविलाल थारु र नगर उप प्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको भन्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु सहितको टोलीले जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई अभद्र व्यवहारको मुद्दा गर्दा गर्न आवेदन दिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताउनु भयो ।

मङ्गलवार कार्यालयको निवासमा कार्यालय समयमा अत्यधिक मदिरा सेवन गरेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले नगरपालिकाको कार्यालय पुगी उप प्रमुख रत्न कुमारी पाण्डेलाई उप प्रमुखकै कार्य कक्षमा तथानाम गाली गर्दे हातपात गर्ने प्रयास गरे पछि इलाका प्रहरी कार्यालयले मंगलबारनै पक्राउ गरेर साँझ जिम्मा जमानतमा छाडेको थियो । उप प्रमुख माथि हातपात गर्ने प्रयास समेत भयो एउटा कर्मचारी मदिराले मातेर कार्यालय समयमा जथाभाबी गर्न थाले पछि उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन माग गर्दे मुद्दा दायर गरिएको बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारुले बताउनु भयो ।

प्रहरीले भने बुधवार कार्यालय समय नभएका कारण मुद्दा दर्ता नगरिएको र प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई पक्राउ गरिएको जनाएको छ । आचार्यले भने पावर टेलर खरिदमा नगर प्रमुखले ५ लाख कमिसन नपाएको झोकमा प्रहरी बोलाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ चैत्र २१,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ चैत्र २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद