Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

यी ६ संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १९,बुधबार
A A
file photo

file photo

2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौँ । यहि मंसिर २८ गतेका लागि तय गरिएको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि ६ संगठनले सहकार्य गर्ने भएका छन् ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त रूपमा अगाडि बढ्ने विषयमा ५ वटा वाम तथा एउटा मधेसी संगठनबिच सहकार्य गर्ने सहमति जुटेको हो ।

महासंघको निर्वाचनका लागि प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संगठन नेपाल र प्रेस मञ्च नेपालबीच सहमति जुटेको हो ।

ती पार्टीहरुले आपसी सहमति जुटाउँदै ३ बुँदे प्रेस विज्ञप्ति समते जारी गरेका छन् । जहाँ प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष नारायण शर्मा, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर विक, प्रगतिशील पत्रकार संगठन नेपालका महासचिव प्रकाश थापा र प्रेस मञ्चका अध्यक्ष अवधेश झाले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा मंसिर २८ गते तोकिएको समयमै नेपाल पत्रकार महासंघको निर्वाचन गर्न, महासंघको साझा चरित्र कायम गर्न सहमतिय नेतृत्व निर्माण गर्न र सहमति नभएमा निर्वाचनमा एकताबद्ध मोर्चा भएर लड्ने सहमति जुटेको उल्लेख गरिएको छ ।

यसैगरी उनीहरूले पत्रकार महासंघलाई साझा बनाउन प्रेस युनियन र प्रेस चौतारीको पनि ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमार्फत उनीहरुले महासंघको घोषित निर्वाचन कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा र निर्धारित मितिमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । साथै पत्रकार महासंघको सदस्यताका विषयलाई लिएर विभिन्न जिल्ला शाखाका कार्यालयमा भएका तालाबन्दीको समस्यालाई हल गर्न महासंघ नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर १९,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद