Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

नौ हजार उद्योगमा तिस खर्ब लगानी

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
A A
file photo 
सांकेतिक तस्वीर

file photo सांकेतिक तस्वीर

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, मङ्सिर १४ गते । मुलुकभर स्थापना भएका नौ हजार उद्योगमा ३० खर्बभन्दा बढी लगानी देखिएको छ ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०र८१ मा दर्ता भएका नौ हजार ५१५ उद्योगमा ३० खर्ब ३९ अर्ब ३३ करोड लगानी रहेको हो । ती उद्योगबाट सात लाख पाँच हजार ८७८ जनालाई रोजगारी प्रदान गर्ने अनुमान गरिएको छ । गत आवमा दर्ता भएका उद्योगमा ७७ प्रतिशत साना उद्योग, १२ प्रतिशत मझौला र ११ प्रतिशत ठुला उद्योग रहेका छन् । गत आवमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै उत्पादनमूलक तीन हजार पाँच सय उद्योगमा छ खर्ब ५४ अर्ब १९ करोड ७४ लाख रुपियाँ लगानी रहेको छ ।

यस्तै दुई हजार ४९४ सेवामूलक उद्योगमा दुई खर्ब ७८ अर्ब २६ करोड रुपियाँ लगानी रहेको छ । पर्यटनमूलक दुई हजार १२६ उद्योगमा दुई खर्ब ५७ अर्ब ८५ करोड लगानी रहेको विभागको तथ्याङ्क छ ।

यस्तै ५६८ पूर्वाधारमूलक उद्योगमा एक खर्ब ७३ अर्ब ३४ करोड रुपियाँ लगानी भएको छ । ७५ वटा सूचना प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा ५७ अर्ब ४७ करोड ३६ लाख रुपियाँ लगानी रहेको छ । यस्तै ५४६ कृषिमा आधारित उद्योगमा ४२ अर्ब ८० करोड ६६ लाख रुपियाँ र ८० खनिजजन्य उद्योगमा आठ अर्ब ३३ करोड ८१ लाख रुपियाँ लगानी रहेको छ ।

यसैबिच चालु आव २०८१र८२ को प्रथम त्रैमासिकमा १९९ उद्योगमा ३३ अर्ब ६९ करोड रुपियाँ लगानी प्रस्ताव भएको छ । ती उद्योगबाट नौ हजार ६६८ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ । चालु आवमा ५५ वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा प्रथम त्रैमासिकमा ११ वटा उद्योग दर्ता भएका छन् ।

चालु आवमा ५० वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा त्रैमासिकमा १० वटा उद्योग दर्ता भएका छन् । यस्तै दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्यमा त्रैमासिकमा १७८ वटा उद्योग दर्ता भएका छन् । सबैभन्दा धेरै साना उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । तीन महिनामै साना उद्योग दर्ता सङ्ख्या वार्षिक लक्ष्यनजिक पुगेको तथ्याङ्कले देखाएको छ ।

यस्तै प्रथम त्रैमासिकमा १३१ परियोजनामा १६ अर्ब हजार ५५ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ । विदेशी लगानीबाट सञ्चालित उद्योगबाट तीन हजार ८४५ जनालाई रोजगारी दिने अनुमान गरिएको छ । चालु आवभरिमा ४४ अर्ब विदेशी लगानी प्रस्ताव गरिएको उद्योग विभागले जनाएको छ । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग
मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया
मुख्य समाचार

पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया

प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद