Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

नौ हजार उद्योगमा तिस खर्ब लगानी

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
A A
file photo 
सांकेतिक तस्वीर

file photo सांकेतिक तस्वीर

2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, मङ्सिर १४ गते । मुलुकभर स्थापना भएका नौ हजार उद्योगमा ३० खर्बभन्दा बढी लगानी देखिएको छ ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०र८१ मा दर्ता भएका नौ हजार ५१५ उद्योगमा ३० खर्ब ३९ अर्ब ३३ करोड लगानी रहेको हो । ती उद्योगबाट सात लाख पाँच हजार ८७८ जनालाई रोजगारी प्रदान गर्ने अनुमान गरिएको छ । गत आवमा दर्ता भएका उद्योगमा ७७ प्रतिशत साना उद्योग, १२ प्रतिशत मझौला र ११ प्रतिशत ठुला उद्योग रहेका छन् । गत आवमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै उत्पादनमूलक तीन हजार पाँच सय उद्योगमा छ खर्ब ५४ अर्ब १९ करोड ७४ लाख रुपियाँ लगानी रहेको छ ।

यस्तै दुई हजार ४९४ सेवामूलक उद्योगमा दुई खर्ब ७८ अर्ब २६ करोड रुपियाँ लगानी रहेको छ । पर्यटनमूलक दुई हजार १२६ उद्योगमा दुई खर्ब ५७ अर्ब ८५ करोड लगानी रहेको विभागको तथ्याङ्क छ ।

यस्तै ५६८ पूर्वाधारमूलक उद्योगमा एक खर्ब ७३ अर्ब ३४ करोड रुपियाँ लगानी भएको छ । ७५ वटा सूचना प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा ५७ अर्ब ४७ करोड ३६ लाख रुपियाँ लगानी रहेको छ । यस्तै ५४६ कृषिमा आधारित उद्योगमा ४२ अर्ब ८० करोड ६६ लाख रुपियाँ र ८० खनिजजन्य उद्योगमा आठ अर्ब ३३ करोड ८१ लाख रुपियाँ लगानी रहेको छ ।

यसैबिच चालु आव २०८१र८२ को प्रथम त्रैमासिकमा १९९ उद्योगमा ३३ अर्ब ६९ करोड रुपियाँ लगानी प्रस्ताव भएको छ । ती उद्योगबाट नौ हजार ६६८ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ । चालु आवमा ५५ वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा प्रथम त्रैमासिकमा ११ वटा उद्योग दर्ता भएका छन् ।

चालु आवमा ५० वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा त्रैमासिकमा १० वटा उद्योग दर्ता भएका छन् । यस्तै दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्यमा त्रैमासिकमा १७८ वटा उद्योग दर्ता भएका छन् । सबैभन्दा धेरै साना उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । तीन महिनामै साना उद्योग दर्ता सङ्ख्या वार्षिक लक्ष्यनजिक पुगेको तथ्याङ्कले देखाएको छ ।

यस्तै प्रथम त्रैमासिकमा १३१ परियोजनामा १६ अर्ब हजार ५५ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ । विदेशी लगानीबाट सञ्चालित उद्योगबाट तीन हजार ८४५ जनालाई रोजगारी दिने अनुमान गरिएको छ । चालु आवभरिमा ४४ अर्ब विदेशी लगानी प्रस्ताव गरिएको उद्योग विभागले जनाएको छ । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर १४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद