Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

६ महिनापछि क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १३,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बारा,१३मंसिरःबाराको कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेष्ठ ३२ गते बाराकै आदर्शकोतवाल गाउपालिका–ं।२ खजुरीया भन्ने ठाउँमा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको थियो ।

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त आदर्शकोतवाल गाउपालिका– २ घर भएका ४१ वर्षिय सुरेन्द्र कुशवाहालाई प्रहरीले हत्या भएको ६ महिनापछि पक्राउ गरेको हो ।हत्या घटनापछि भागेर भारतमा लुकिछिपी बसेका कुशवाहालाई प्रहरीले मोरङ जिल्लाबाट बुधबार पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेका कुशवाहा नेपाली सेनाका भगौडापनि रहेको प्रहरीले जनाएको छ ।

यसअघि क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । ती मध्ये दुई जना धरौटीमा छुटीसकेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका थिए । पुर्पक्षको लागि कारागार चलान हुनेमा चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम र मोतीलाल चौधरी रहेका छन् । राधेस कुमार पटेल र विनोद राउत कुर्मी भने अदालतमा धरौटी बुझाएर छुटेका हुन् ।

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा प्रयोग गरिएका पेस्तोल थान–२,गोली ७ राउण्ड, मोटरसाईकल ४ थान, मोबाईल ४ थान, ल्यापटप २ थान, सिम कार्ड ७ थान प्रहरीले बरामद गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर १३,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर १३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद