Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनास् मुआब्जा दिन रकम अभाव

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १३,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाको काम सुस्त गतिमा छ ।

निर्माणको समयावधि लम्बिँदा लागत पनि त्यही अनुपातमा बढ्दै गएको छ । १९ बर्ष अघि सुरुवाती लागत ७ अर्ब रुपैयाँ रहेकोमा यो लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । तर, काम भने कछुवा गतिमा छ । सिक्टामा हालसम्म २३ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

सिक्टाको पानीबाट बाँकेमा अहिलेसम्म २० हजार २ सय हेक्टर जमिनमा सिँचाई पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट ४ हजार २ सय गरी २० हजार २ सय हेक्टर जमिनमा सिँचाई पुगेको सिक्टा सिँचाई आयोजनाले जनाएको छ । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्‍याउने उद्देश्यले आर्थिक वर्ष २०६२र६३ देखि सिक्टा सिँचाई आयोजना निर्माण थालिएको थियो । आयोजना सुरु भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा मात्र सिँचाई पुग्न थालेको छ ।

तेस्रो पटक गुरुयोजना परिवर्तन गरेर आर्थिक वर्ष २०८९र९० मा आयोजना सक्ने लक्ष्य राखिएको छ । तर, सरकारले बजेट कटौती गर्दै गइरहेको छ भने पाएको बजेट पनि आयोजनाले खर्च गर्न सकेको अवस्था देखिँदैन । अर्कोतिर सरकारले आफैँ स्वीकृत गरेको गुरुयोजना अनुसार पनि आयोजनाले बजेट पाएको छैन । गुरुयोजना अनुसार आर्थिक वर्ष २०८१र०८२ का लागि २ अर्ब ९६ करोड रुपैयाँ पाउनुपर्ने आयोजनाले एक अर्ब ६० करोड मात्रै बजेट पाएको छ ।

कम बजेट विनियोजन भएका कारण आयोजनाले मुआब्जाको रकम भुक्तानी गर्न सकेको छैन । आयोजनाको पश्चिम मूल नहर अन्तर्गतका अकलघरुवा, पर्सेनीपुर, पेडारी, गुरुवा गाउँ शाखा र गोहवा उपशाखा नहर क्षेत्रमा अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जाका लागि ६० करोड रुपैयाँ आवश्यक भए पनि सरकारले २५ करोड मात्रै उपलब्ध गराएको आयोजनाले जनाएको छ ।

बाँकेमा अहिले ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । बाह्रैमास पानी सुविधा भएमा किसानले धान बाहेकका खेतीबाट पनि राम्रो आम्दानी गर्ने आशा गरिए पनि काम सुस्त भइरहेको छ । नहर भन्दा उँचो खेतमा पानी पुर्‍याउन आयोजनाले लिफ्ट सिँचाइको काम पनि अगाडि बढाएको छ । पश्चिमतिरको कचनापुर, ढकेरी र बालापुरको ३ सय १५ हेक्टर जमिनमा पानी पुर्‍याउन पाइलट प्रोजेक्टको रुपमा लिफ्ट प्रणालीबाट सिँचाई पुर्‍याउन काम अघि बढाइएको सिक्टा सिँचाई आयोजनाले जनाएको छ । सभार रेडीयो नेपाल ,नवीन गिरी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग
मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

प्रकाशित : २०८१ मंसिर १३,बिहीबार
पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया
मुख्य समाचार

पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया

प्रकाशित : २०८१ मंसिर १३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद