Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विवाह पञ्चमीको रौनकता जनकपुरधाममा , विशेष तयारी जन्ती स्वागतका लागी

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १२,बुधबार
A A
pic by nirjan 
file photo

pic by nirjan file photo

2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । जनकपुरधाममा वर्षेनी रुपमा मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिका दिन मनाइँदै आएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव यस पटक भव्य रुपमा मनाईन लागेको छ ।

पाँच वर्षको अन्तरालमा भारतको राम जन्मभूमि अयोध्याबाट पाँच सयको सङ्ख्यामा साधु सन्त सहितको जन्ति आउन थालेकाले यस पटक विशेष हर्षोल्लासका साथ जनकपुरधाममा श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव मनाउन थालेको हो ।

लामो समयको प्रतीक्षा पछि राम जन्मभूमि अयोध्यामा भगवान श्रीरामको भव्य तथा आकर्षक मन्दिर निर्माण भएपछि मन्दिर निर्माण समितिका महासचिव चम्पत राय, विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारीहरू, राजनीतिक दल, उद्योगी, व्यवसायी, साधुसन्तहरु जन्तीको रुपमा जनकपुरधाम आउन लागेकाले यस पटक विशेष तयारी गरिन थालेको छ ।

अहिले जानकी मन्दिर सहितका अन्य मठ मन्दिरहरूको सौन्दर्यीकरणको काम भइरहेको छ भने रामलिला तथा रासलीलाका लागि जानकी मन्दिर अगाडीको परिसरमा भव्य तथा आकर्षक पण्डालको निर्माण गर्ने काम भइरहेको छ ।

विवाह पञ्चमीलाई भव्यता दिनका लागि प्रदेश सरकारले विभिन्न तयारी गरिरहेको छ । मधेश प्रदेश सरकारले मधेश भवन अगाडीको पर्खालमा मिथिला पेन्टिङ गराउने काम गरिरहेको छ । यसका साथै विवाह पञ्चमीको मुख्य दिन विवाहको कार्यक्रम हेर्नका लागि जानकी मन्दिरमा हुने भिडलाई घटाउनका लागि पाँच महत्वपूर्ण ठाउँमा प्रोजेक्टर प्रदेश सरकारले जडान गर्न थालेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले जानकारी दिनुभयो ।

मधेश प्रदेश सरकारले विवाह पञ्चमीमा आउने जन्तीको स्वागत गर्ने भएको छ । जन्तीलाई निमन्त्रणा पत्र हस्तान्तरणका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आफै भारतको अयोध्या जानुभएको थियो । यसका साथै प्रदेश सरकारले नै जन्तीको खानपान तथा आवासको व्यवस्थापन गर्न लागेको छ ।
नेपाल भारत बीचको ऐतिहासिक तथा प्राचीन कालिन सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनका लागि विवाह पञ्चमी महोत्सवले विशेष योगदान दिनुका साथै पर्यटन प्रवद्र्धनमा पनि ठूलो योगदान दिएकाले यसको भव्य तयारी गरिएको छ ।

सप्ताहव्यापी रुपमा हुन लागेको श्रीसीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत मङ्सिर १६ गते नगर दर्शन, १७ गते फूलबारी लिला, १८ गते धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंवर तथा शुभ विवाह र २२ गते रामकलेवा रहेको छ ।

अजय कुमार झा,सभार रेडियो नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर १२,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर १२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद