Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घरेलु हिंसाका अधिकांश उजुरी अदालत पुग्दैनन्

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १२,बुधबार
A A
file photo

file photo

1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

झापा । जिल्लामा विगत चार वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदालतसम्म नपुगी समाधान भएका छन् । घरेलु हिंसाका अधिकांश मुद्दाहरू अदालत नपुग्दै मिलापत्रमा टुङ्गिने गरेका हुन् ।

चार वर्षमा घरेलु हिंसासम्बन्धी कसुरमा आठ सय २० वटा मुद्दा विभिन्न निकायमा दर्ता भएकामा अधिकांश मेलमिलापमा टुङ्गिएका छन् भने थोरै मात्र अदालत पुगेका छन् । आर्थिक वर्ष २०७७र७८ देखि आव २०८०र८१ सम्मको अवधिमा जिल्लामा घरेलु हिंसासम्बन्धी कसुरमा दर्ता भएका मुद्दामध्ये छ सय ४० वटा सहमतिमा टुङ्गिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

विद्यमान कानुनी व्यवस्थाअनुसार घरेलु हिंसाको कसुरमा अदालत, प्रहरी, स्थानीय तह र राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गर्न सकिने व्यवस्था रहेको जनाउँदै उहाँले सहजताका लागि अधिकांश पीडित प्रहरी कार्यालय र स्थानीय तहको न्यायिक समितिमा उजुरी लिएर जाने गरेका बताउनुभयो । चार वर्षको अवधिमा जिल्लामा घरेलु हिंसाका ३१ वटा अर्थात् चार प्रतिशत मुद्दा मात्र जिल्ला अदालत पुगेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्दले उल्लेख गर्नुभयो ।

आव २०७७र७८ मा १४, आव २०७८७९ मा १२, आव २०७९र८० मा चार र गत आवमा एउटा मात्र मुद्दा अदालतमा पुगेका उहाँले जानकारी दिनुभयो । चालु आवको प्रथम चौमासिकमा घरेलु हिंसाका २८ उजुरी परेकामा १८ वटा मेलमिलापबाट टुङ्गिसकेका छन्भने हालसम्म एउटा मुद्दा मात्र अदालतमा पुगेको छ ।

अधिवक्ता मणि पराजुली पीडितहरू कमजोर र पीडकहरू शक्तिशाली हुने पितृसत्ताका कारण उजुरी अदालतसम्म नपुगेका बताउनुभयो । प्रहरी र पालिकामा परेका उजुरीको सुनुवाइ छलफलबाट सुरु हुने र आरोपितलाई झिकाएर पहिलो चरणमा आपसी छलफल गर्न लगाइने भएकाले अधिकांश उजुरी मेलमिलापमा टुङ्गिने गरेका उहाँको भनाइ छ ।

घरेलु हिंसा ९कसुर तथा सजाय० ऐन, २०६६ बमोजिम जुनसुकै व्यक्तिले घरेलु हिंसा भइरहेको वा भएको विषयमा प्रहरीमा उजुरी दिनसक्ने कानुनी व्यवस्था छ । यस्तो उजुरीका आधारमा आरोपितलाई पक्राउ पूर्जी जारी गरी अनुसन्धानका लागि झिकाउने कानुनी व्यवस्था रहेको अधिवक्ता पराजुलीले जानकारी दिनुभयो । कतिपय अवस्थामा आरोपित पक्षको दबाब र प्रलोभनका कारण पीडितले बयान फेरिदिँदा आरोपित कानुनी कारबाहीको दायराबाट सहजै उम्किने उहाँले उल्लेख गर्नुभयो । सभार रेडियो नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८१ मंसिर १२,बुधबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८१ मंसिर १२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद