Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

आठ वर्ष देखि पुल निर्माण अधुरै ,९५ प्रतिशत भुक्तानी लिएर ठेकेदार वेपत्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १२,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी, मङ्सिर १२ गते । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।

नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय रघुविर खंगले पुल नहुँदा गाउँसम्म बिरामी र केही समस्या पर्दा हुँदा एम्बुलेन्स पनि जानसक्ने अवस्था नरहेको बताउनुभयो । “कोही बिरामी पर्यो भने नहरकै बाटो हुँदै लानुपर्छ । यसमा मोटरसाइल मात्र जान्छ, चारपाङ्ग्रे गाडी जाने अवस्था छैन”, उहाँले भन्नुभयो ।

खंगका अनुसार नजिक नर्घोमा रहेका चिकित्सक तथा क्लिनिकमा जाने बाटो पनि यही हो । सुक्खायाममा जसोतसो समस्या टरे पनि वर्षायाममा भने दोब्बर दूरीको अर्को बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको खंगले सुनाउनुभयो । स्थानीय मो बसिरले फकिरा, कुपही, रम्पुरा, इनरुवालगायत गाउँका बासिन्दा नर्घोमा सामान्य किनमेलन तथा हाटबजार गर्न दैनिक यही बाटो प्रयोग गर्ने गरेको बताउनुभयो । यस्तै जिल्ला सदरमुकाम राजविराज पुग्ने नजिकको बाटो पनि यही भएकाले हरेक काममा सास्ती हुने गरेको उहाँको गुनासो छ ।

पुलको निर्माण भने सुस्तगतिमा भइरहेको छ । यसले स्थानीयवासी निरास छन् । “ठेकेदार कहिलेकाहीँ आएर थोरै काम गरेर फेरि महिनौँ हराउने गर्छन् । हामीले गुनासो गरेमा आजभोलि बन्छ भन्दै टारेको पनि यत्रो वर्ष भइसक्यो । खै १ बन्छ कि बन्दैन, बने पनि केहिले हो कहिले”, मो बसिरले भन्नुभयो ।

विसं २०७३ जेठ २ गते रु पाँच करोड ४० लाख ९३ हजारमा रोशन कन्सट्रक्सन जनकपुरले ठेक्का लिएको थियो । सडक डिभिजन लहान र निर्माण कम्पनीबीच सुरुमा विसं २०७५ जेठ ०९ गतेसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो । त्यसयता पाँच पटक म्याद थपिएको छ । अन्तिम पटक थप गरिएको म्याद पनि गत कात्तिक नौ गते सकिएको छ । सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरिरहेको बताउनुभयो ।

कार्यालयका सूचना अधिकारी अश्विनीकुमार यादवले हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई हालसम्म रु चार करोड ५२ लाख भुक्तानी दिइसकेको जानकरी दिनुभयो । अब चालु आर्थिक वर्षको असार मसान्तसम्म कार्यसम्पन्न गर्ने लक्ष्य लिएको सूचना अधिकारी यादवले बताउनुभयो । “ठेकेदारले अबको एक डेढ महिनामै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ढिलोमा भएमा जसरी पनि चालु आवभित्रै कामले पूर्णता पाउने गरी हामीले पहल गर्छौँ । त्यही लक्ष्यअनुसार हामी अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर १२,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर १२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद