Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

कृषि र जडीबुटी आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन कर्णालीमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
A A
file photo

file photo

1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली। कर्णाली प्रदेशको आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी हुन् । इन्टरनेशनल आइडिया नेपालद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बहुसरोकारवालासँगको छलफलमा कर्णालीको आर्थिक वृद्धि र यसका सम्भावनाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

उक्त छलफलमा आइडिया नेपालका प्रादेशिक कार्यक्रम अधिकृत खगेन्द्र चाम्लिङ राईले प्रतिवेदन प्रस्तुत गर्दै यो अनुसन्धानमा आवधिक योजना, आर्थिक सर्वेक्षण, मुख्य व्यक्तिहरूसँगको साक्षात्कार, सरोकार भएकाहरूको विश्लेषण र अवलोकनबाट प्रदेशको आर्थिक सम्भावनाको विश्लेषण गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले अनुसन्धान प्रतिवेदन निर्माणपश्चात् विषयगत बहुसरोकारवालाहरू जस्तो विकास साझेदार, महिला सरोकारवाला, उद्योग, व्यवसायी, नागरिक अगुवा, राजनीतिकर्मी, कर्मचारीहरूसँग छलफल गरेका छौँ ।” जिल्लासहित प्रदेशस्तरीय बहुसरोकारवालासँग बसेर नीतिगत र कार्यान्वयन तहमा भएका समस्याको खोजगरी निष्कर्ष पुग्ने लक्ष्यसहितको योजना बनाइएको अधिकृत राईले जनाउनुभयो ।

आइडिया नेपालका कार्यक्रम अधिकृत प्रमोद भगतले प्रदेश सरकारको अर्गानिक कर्णाली निर्माणको लक्ष्य, गोल्डेन ट्रयाङ्गल रुट, पर्यटन, भेरी तथा तल्लो कर्णाली क्षेत्रको कृषिको दीगो उत्पादन र पूर्वाधारलगायत विषय समेटिको प्रतिवेदनमाथि प्रस्तुति राख्नुभयो ।

उक्त संस्थाका प्रादेशिक कार्यक्रम व्यवस्थापक प्रकाश झाले कर्णालीमा उपज वस्तुको मूल्य शृङ्खलालाई सरकारले ध्यान दिनुपर्ने तर्क गर्नुभयो । उत्पादित वस्तुहरूको बजारीकरण हुनसके यहाँका नागरिकको आयआर्जनमा वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता महेन्द्रजङ्ग शाहीले कणालीको पुँजी निर्माण गर्न वन क्षेत्रको उपयोग, सेवाको प्रभावकारिताका लागि सडक सञ्जाल र एकीकृत बस्ती विकास हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी गाउँपालिका राष्ट्रिय महासङ्घका प्रदेश सदस्य तथा चौकुने गाउँपालिका सुर्खेतका अध्यक्ष खड्ग विकले कार्य प्रकृतिका आधारले सबै क्षेत्र र पेसा व्यवसायको पहिचान हुनुपर्ने, कार्यक्रमलाई वास्तविक किसानकहाँ पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सहभागी सरोकार भएकाहरूले कर्णालीको आर्थिक वृद्धिका लागि वास्तविक तथ्याङ्कको अभिलेखीकरण, पूर्वाधार विकास, रैथानेबालीको ‘ग्रेडिङ’, ‘प्याकेजिङ’ तथा बजारीकरण हुनुपर्ने, सरकारले लघुउद्यम, कृषि, पर्यटन र जडीबुटीमा लगानीमैत्री वातारण सिर्जना गर्नुपर्नेलगायत सुझाव दिनुभएको थियो । सभार रेडियो नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत
राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
संविधान दिवसमा ५१ बिरुवा रोपिए
मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद