Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

स्थानीय किसानले उत्पादन गरेको गोलभेँडालाई राम्रो मूल्य

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १०,सोमबार
A A
file photo

file photo

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही। सर्लाहीका बजारमा स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा भित्रिन थालेको छ ।

यस वर्ष गत असोज दोस्रो साताको भारी वर्षाका कारण गोलभेँडा फल्न ढिलो भएकाले ढिलो मात्र नयाँ उत्पादन आएको हो ।

अविरल वर्षाबाट गोलभेँडाको बोट जोगाउन सफल भएका किसानले भने अहिले बजारमा धमाधम बेच्न थालेका हुन् ।

बजारमा थोरै परिमाणमा गोलभेँडा भित्रिइरहेकाले किसानले सिजनको सुरुमा राम्रो मूल्य पाएका छन् । मधेश प्रदेशको प्रमुख तरकारी बजारका रूपमा रहेको लालबन्दी थोक तरकारी बजारमा स्थानीय जातको गोलभेँडा किसानले प्रतिक्रेट एक हजार आठ सय रुपियाँदेखि दुई हजार चार सय रुपियाँसम्ममा बिक्री गरिरहेका छन् ।

एक क्रेट गोलभेँडा बिक्री गर्दा किसानले प्रतिकेजी ७२ रुपियाँदेखि ९६ रुपियाँसम्म मूल्य पाइरहेका छन् । यही गोलभेँडा उपभोक्ताले भने खुद्रामा प्रतिकेजी १५० रुपियाँसम्ममा खरिद गरेर उपभोग गरिरहेका छन् ।

बजारमा स्थानीय उत्पादन पर्याप्त नभएसम्म भाउ यस्तै रहने खुद्रा व्यापारीले बताएका छन् । सर्लाहीमा उत्तरी भेगको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकामा व्यावसायिक रूपमा गोलभेँडा खेती हुने गरेको छ ।

लालबन्दी नगरपालिका–११, हिरापुरका किसान तिलकबहादुर थिङले अबको दुई साताभित्र बजारमा पर्याप्त मात्रामा गोलभेँडा भित्रिने बताउनुभयो । असोजमा धेरै पानी परेर गोलभेँडाको बेर्ना सार्न नै ढिलो हुँदा मङ्सिर मध्य हुन लाग्दासमेत गोलभेँडा फलाउन नसकेको उहाँले जानकारी दिनुभयो ।

सबै किसानले एकै पटक धेरै मात्रामा गोलभेँडा बजार ल्याउन थालेपछि भाउ भने ह्वात्तै घट्ने गरेको छ । लालबन्दी थोक तरकारी बजारमा हिजोआज स्थानीय जातको गोलभेँडा दुई सय क्रेटको हाराहारीमा आइरहेको छ ।

त्यसमध्ये थोरै परिमाणमा काठमाडौँ पठाउने गरिए पनि सबै जसो गोलभेँडा स्थानीय स्तरकै हाटबजारमा खपत भइरहेको लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुको घरदैलो अभियान तीव्र, टिकुलियामा मतदातासँग प्रत्यक्ष संवाद
मुख्य समाचार

पर्सा–२ मा रास्वपा उम्मेदवार कानुको घरदैलो अभियान तीव्र, टिकुलियामा मतदातासँग प्रत्यक्ष संवाद

प्रकाशित : २०८१ मंसिर १०,सोमबार
जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग
मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

प्रकाशित : २०८१ मंसिर १०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद