Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अवैधरुपमा सञ्चालित फर्निचर उधोगमा कारखानामा वनको छापा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ९,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बर्दिबास, । महोत्तरीको सुदूर उत्तरी क्षेत्रको विभिन्न स्थानमा अवैधरुपमा सञ्चालित फर्निचर उधोगमा छापामारी सबडिभिजन वन कार्यालयका पदाधिकारीले काठ तथा फर्निचर नियन्त्रणमा लिएका छन् ।

वन कर्मचारीले बर्दीबास –५ स्थित गढन्ता र वडा नं ११ खयरमारामा लुकिछिपी सञ्चालन गरेको २ वटा फर्निचर उद्योगमा शनिवार छुट्टाछुट्टै टोलीले छापा मारेको थियो ।

गढन्ता सबडिभिजन वन कार्यालयले बर्दीबास –५ गढन्ताको चुरे क्षेत्रमा पर्ने गोठजस्तो देखिने घरमा छापा मार्दा त्यहाँ फर्निचर कारखाना देखेपछि वनकर्मीहरु चकित परेको बताएका छन् । गढन्ता सबडिभिन वन कार्यालयका फरेष्टर नारायण घिमिरेको कमाण्डमा खटी गएको सशस्त्र वन रक्षकसहितको टोलीले तलासी लिँदा फर्निचर बनाउन तयार पारिएका साँखुका १५ थान चिरान, एक थान काठ चिर्ने मेसिन र फर्निचर बनाउन प्रयोग हुने ५ थान ज्यावल नियन्त्रणमा लिएको पदाधिकारीहरुको भनाइ छ ।

यसअघि माइस्थान सबडिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको नेतृत्वमा सशस्त्र वन सुरक्षा शाखाका कमाण्डर अवतार लामासहितको संयुक्त गस्तीले बर्दीबास ११ खयरमारामा विना इजाजत सञ्चालित अर्को फर्निचर कारखानामा छापा मारेको थियो ।

करिब एक घण्टा लामो छापामारीका क्रममा सो फर्निचर उद्योगबाट २६ थान झ्यालको पल्ला बरामद भएका थिए । बरामद सबै पल्ला साँखु जातको रहेको छ । बर्दीबासको सुदूर उत्तरवर्ती चुरे क्षेत्रमा केही अवाञ्छित समूहले काठ तथा फर्निचरको अवैधरुपमा कारोवार गर्दैआएको सूचनाको आधारमा दलबलसहित घटनास्थल पुगेको वनकर्मी टोलीले दुबै ठाउँमा छापा मारेको सबडिभिजन वन कार्यालयले जनाएको छ ।

काठ बरामद भए पनि ती फर्निचर कसले सञ्चालनमा ल्याएको हो अहिलेसम्म खुल्न सकेको छैन । छापामारीका क्रममा बरामद काठहरु बाँके मराहा तथा गढन्ता सबडिभिजन वन कार्यालयकोे जिम्मामा राखिएको छ । दुवै फर्निचर कारखानामाथि अनुसन्धान तथा सूचना सङ्कलन भइरहेको सबडिभिजन वन कार्यालयका पदाधिकारीले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर ९,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर ९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद