Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

निचुटामा आयोजित शिविरमा २३० जनाको आँखाको निःशुल्क शल्यकृया

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ९,आईतवार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ स्थित तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा आयोजित शिविरमा मोतिया बिन्दु भएका २ सय ३० जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको छ ।

निचुटामा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रमा आयोजित तीनदिने शिविरमा २ सय ३० जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले जानकारी दिए ।

पटेर्वा सुगौली गाँउपालिकाको समन्वयमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले गत शुक्रबारदेखि आइतबारसम्म सञ्चालन गरेको शिविरमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटा र हेटौंडा सामुदायिक आँखा अस्पतालका चिकित्सकको टोलीले मोतियाबिन्द्ुको शल्यकृया गरेको चौधरीले बताए।

तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले पर्साकै विभिन्न ६ वटा पालिकाका ७ वटा वडामा मंसिर ३ देखि मंसिर ७ गतेसम्म निःशुल्क आँखा चेकजाँच शिविरि सञ्चालन गरेको थियो । उक्त शिविरमा १ हजार ३ सय ७ जनाको आँखा परिक्षण गरिएकोमा तीमध्ये ३ सय ९ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । तीनै ३ सय ९ जनामध्ये निचुटाको तीनदिने शिविरमा २ सय ३० जनाको निःशुल्क शल्यकृया गरिएको पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले जानकारी दिइन् ।

७ वटा वडामा आयोजिना गरिएको आँखा चेकजाँच शिविरमा ३ सय ९ जनामा मोतियाबिन्दुको समस्या देखिएको भएपनि तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा आयोजित तीनदिने शिविरमा २ सय ३० जनामात्र आएकाले उनिहरुको निःशुल्क शल्कृया गरिएको थारुले बताइन् ।

पटेर्वा सुगौली गाँउपालिकाले व्यवस्थापन गरेको शल्कृया शिविरमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले शल्यकृया गर्दा आँखामा लाग्ने लेन्स, औषधि र चश्मा उपलब्ध गराउनुका साथै चिकित्सकको व्यवस्थापनपनि उसले नै गरेको पटेर्वा सुगौली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०८१ मंसिर ९,आईतवार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०८१ मंसिर ९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद