Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेन्टर पर्साको माग –पत्रकार महासंघको सदस्यता विवाद समाधान र सभाधारणसभा गर्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ८,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्साले महासंघको सदस्यताको समस्या चाडो समाधान गर्न माग गरेको छ । प्रेस सेन्टर नेपाल पर्साको शनिबार बसेको बैठकले नेपाल पत्रकार महासंघको सदस्यताको विवाद टुंगोमा पु¥याउन माग गरेको हो । सदस्यता विवादकै कारणले यसअघि तीन तीन पटक निर्वाचनको मिति घोषणा भएर पनि निर्वाचन हुन सकेको छैन ।

नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय मध्यपुरथिमिको बोडेमा सम्पन्न भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको थियो ।

तर, पर्सा जिल्लामा सदस्यताको विषयमा महासंघले विचार र आस्थाको आधारमा गरेको पक्षपातपूर्ण व्यवहारले प्रेस सेन्टरका धेरै पत्रकारहरु महासंघको सदस्यताबाट बञ्चित हुने भएकोले महासंघको पर्सा शाखाले गरेको निर्णय प्रेस सेन्टर नेपाल पर्साले नमान्ने निर्णय गरेको छ । माहासंघ शाखाको पूर्वाग्रहीपूर्ण निर्णयको विरोध गर्दै आपसी, सम्वाद, सहमतिमा नै सदस्यता टुंगो लगाउन माग गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा भक्तपुरको बोडेमा असोज १९ गते शनिबार सम्पन्न भेलाले आगामी मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

त्यही भेलाले सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एकजना प्रतिनिधि र शाखा अध्यक्ष रहने गरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुंगो लगाउने निर्णय भएकोमा पर्सा जिल्लामा पनि सदस्यताको विषयमा महासंघ नेतृत्वले अझै टुंगो लगाउन नसकेको साथै पूरानै विवादित सदस्यता सिफारिस गरेमा त्यसलाई अस्वीकार गर्ने सेन्टरको शनिबार बसेको बैठकले निर्णय गरेको अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

उनका अनुसार कात्तिक मसान्तसम्म सदस्यता टुंगो लगाउने भनिएपनि पर्सा जिल्लामा प्रेस सेन्टरसँग कुनै छलफल नै नगरी एकलौटी ढंगले सदस्यता सिफारिस गरिएमा त्यो आमान्य हुने निर्णय भएको छ । साथै महासंघ शाखा नेतृत्व आफूले संगठनले गर्नुपर्ने साधारणसभाको मुख्य जिम्मेवारी पूरा नगरी अन्य काममा बढी केन्द्रीत भएकोले पर्सा शाखाको साधारणसभाको पनि माग गरेको छ ।

सेन्टरका पर्सा अध्यक्ष दिपक गौतमको अध्यक्षतामा बसेको बैठकमा सेन्टरका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे, प्रदेश सचिव मूनेश लायो मगर, पर्साका सचिव शिवनाथ यादव, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर ८,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर ८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद