Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या २५ भन्दा बढी , पर्यटकलाई घुम्न सहज वातावरण बनाइँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समयमा पाटेबाघको सङ्ख्या २५ भन्दा बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँले ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चरा रेकर्ड गरिएको बताउनुभयो ।

बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि।मि।लाई निकुञ्जको मध्यवर्ती क्षेत्रका रुपमा छुट्याइएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई औपचारिक रुपमा प्रवेश गराउने योजना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । “निकुञ्जभित्र सफारी त खुला नै छ, पर्यटकलाई जङ्गलभित्र प्रवेश गराउनुअघि वन पथ वरिपरिको झाडी सफा गर्ने योजना छ ।”, उहाँले बताउनुभयो ।

घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट टिकट काट्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटे बाघसहित आहारा प्रजातीका वन्यजन्तु अवलोकन गर्न सक्ने गरी व्यवस्था गर्न लागिएको छ ।

निकुञ्जभित्र वन्यजन्तुलाई अवलोकन गर्नका लागि ठाउँ–ठाउँमा मचान, घाँसे मैदान, कृत्रिम पोखरी, वन पथ जस्ता पूर्वाधार निर्माण गरिएको छ । पर्यटनलाई केन्द्र विन्दुमा राखेर काम भइरहेको कडेलले जानकारी दिनुभयो ।

स्थल र हवाई यातायातका दृष्टिकोणले नेपालगन्जलाई सुगम मानिने भएकाले निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने उहाँको भनाई छ ।

गर्मीयामको समयमा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानीको अभाव हुन नदिन निकुञ्जले कृत्रिम पोखरीहरू निर्माण गरेको छ । स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै दुर्लभ वन्यजन्तु पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ५ सय ५० वर्ग किलोमिटर रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी
मुख्य समाचार

वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी

प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद