Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या २५ भन्दा बढी , पर्यटकलाई घुम्न सहज वातावरण बनाइँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
A A
file photo

file photo

2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समयमा पाटेबाघको सङ्ख्या २५ भन्दा बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँले ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चरा रेकर्ड गरिएको बताउनुभयो ।

बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि।मि।लाई निकुञ्जको मध्यवर्ती क्षेत्रका रुपमा छुट्याइएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई औपचारिक रुपमा प्रवेश गराउने योजना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । “निकुञ्जभित्र सफारी त खुला नै छ, पर्यटकलाई जङ्गलभित्र प्रवेश गराउनुअघि वन पथ वरिपरिको झाडी सफा गर्ने योजना छ ।”, उहाँले बताउनुभयो ।

घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट टिकट काट्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटे बाघसहित आहारा प्रजातीका वन्यजन्तु अवलोकन गर्न सक्ने गरी व्यवस्था गर्न लागिएको छ ।

निकुञ्जभित्र वन्यजन्तुलाई अवलोकन गर्नका लागि ठाउँ–ठाउँमा मचान, घाँसे मैदान, कृत्रिम पोखरी, वन पथ जस्ता पूर्वाधार निर्माण गरिएको छ । पर्यटनलाई केन्द्र विन्दुमा राखेर काम भइरहेको कडेलले जानकारी दिनुभयो ।

स्थल र हवाई यातायातका दृष्टिकोणले नेपालगन्जलाई सुगम मानिने भएकाले निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने उहाँको भनाई छ ।

गर्मीयामको समयमा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानीको अभाव हुन नदिन निकुञ्जले कृत्रिम पोखरीहरू निर्माण गरेको छ । स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै दुर्लभ वन्यजन्तु पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ५ सय ५० वर्ग किलोमिटर रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद