Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छड्के निरीक्षणका क्रममा ६ वटा कार्यालयमा ३२ जना कर्मचारी अनुपस्थित

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
A A
5
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

प्रणय साह वीरगञ्ज,
सेवाग्राहीको अत्याधिक चाप हुने पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु बिना जानकारी कार्यालयमा अनुपस्थित हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले गरेको छड्के निरीक्षणका क्रममा ६ वटा कार्यालयमा ३२ जना कर्मचारी अनुपस्थित रहेको पाइएको हो ।
कार्यालयमा कार्यालय प्रमुख र कर्मचारीहरु नियमित नहुने जनगुनासो आएपछि निरीक्षण गर्न टोली खटाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
‘अत्याधिक कार्यबोझ हुने, सेवाग्राहीको चाप हुने कार्यालयमा निरीक्षण गर्न टोली खटाएका थियौं ।’ प्रजिअ अर्यालले भने, ‘ कर्मचारी मात्रै नभएर कार्यलय प्रमुख समेत कार्यालयमा अनुपस्थित रहेको, कर्मचारी समयमा कार्यालय नआउने गरेको, लामो समयदेखि कार्यालयमा हाजिर नगरेको तर विदामा पनि नबसेको जस्ता कैफियत देखिएको छ । नमुना निरीक्षण गर्दा सरकारी कार्यालयहरुको स्थिति राम्रो देखिएको छैन ।’
प्रादेशिक कार्यालयको हकमा सम्बन्धित प्रादेशिक मन्त्रालयमा, गयल देखिएका कार्यालय प्रमुखलाई स्पष्टिकरण सोध्ने, अन्य कर्मचारीको हकमा कार्यालय प्रमुखलाई कारबाहीका लागि लेखेर पठाउने प्रजिअ अर्यालले बताए ।
जनसम्पर्क बढी भएको र गुनासो आएका कार्यालयहरूको नियमित अनुमगन र निरीक्षण गरेर कार्यालय समयमा उपस्थित नहुने, कार्यालय पोसाक न लगाउने, कर्मचारीको आचरण पालना नगर्ने कर्मचारीलाई कारवाहीको लागि सिफारिस गर्ने उनले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतम र सुमन कुमार कार्कीद्वय नेतृत्वको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय,, सघन सहरी तथा भवन निर्माण कार्यालय, नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, स्वास्थ्य कार्यालय र डिभिजन वन कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीको अत्याधिक चाप हुने यातायात व्यवस्था कार्यालय पर्सामा सबैभन्दा बढी कार्यालय प्रमुख समेत ११ जना अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा ८ जना, स्वास्थ्य र वन डिभिजन कार्यालय पर्सामा ५÷५ जना र भूमी सुधार तथा मालपोत कार्यालय, पर्सामा ३ जना अनुपस्थित रहेको पाइएको छ ।त्यसैगरि सेवाग्राहीको चाप नै रहने भूमि सुधार तथा मालपोत कार्यालयका २१ जना कर्मचारी कार्यालय समय भन्दा ढिलो आएका थिए ।
कार्यालयमा दरबन्दी कर्मचारी ५१ जना र दैनिक ज्यालादारीका समेत गरी ५६ जना कर्मचारी कार्यरत छन् । तर सोमबार गरिएको अनुमगमनका क्रममा ४ जना विदामा बसेका थिए भने ३ जना कार्यालयमा औपचारिक जानकारी नगरी अनुपस्थित भएका थिए ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, पर्सामा दरबन्दी अनुसार नै २० जना कर्मचारी कार्यरत छन् । सोमबार एक जना विदामा बसेका थिएन, एक जनाले कार्यालयमा आएर पनि हाजिरी नगरेको पाइएको थियो भने ८ जना बिना जानकारी अुनपस्थित थिए ।
प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रमा ई–हाजिरी लागू छ । तर निरीक्षण टोलीलाई कार्यालयले हाजिरीको विवरण नबुझाएकोले कर्मचारीको विवरण आएको छैन् ।
कार्यालय प्रमुख एवं निरिक्षण टोलीको संयोजकले ढिलो आएका कर्मचारीहरुलाई अब उपरान्त ढिलो नगर्न निर्देशन दिएका छन् ।
साथै पूनः कार्यालयमा उपस्थित हुन ढिलाइ गरेमा कारवाही गर्ने चेतावनी समेत दिएको जिल्ला प्रशासन कार्यालय पर्साका खरिदार कृष्ण प्रसाद कुशवाहाले जानकारी दिए ।
निरिक्षण टोलीका संयोजकहरुले साईट वा फिल्डमा गएका कर्मचारीहरुको लगबुक राख्न र उनीहरुको विवरण अद्यावधिक गर्न पनि निर्देशन दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद