Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये लोकप्रिय मानिने दाजुभाइ र दिदीबहिनीको पर्व सामाचकेवा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक २५,आईतवार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, । छठको समापनसँगै शुक्रबारदेखि सामाचकेवा पर्व सुरु भएको छ । नेपालको तराईमा मनाइने विभिन्न चाडपर्वमध्ये लोकप्रिय मानिने सामाचकेवा छठको समापनको दिन कार्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ । छठ जस्तै यो पर्व पनि केही वर्षयता राजधानीमा समेत मनाउन थालिएको छ ।

दाजुभाइ र दिदीबहिनीबिचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्व दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै मनाउने गर्छन् । वीरगन्ज घर भई अहिले काठमाडौँको बल्खुमा तरकारीको व्यापार गर्दै आउनुभएका रूपवन्ती जैसवालले दाजुभाइको प्रशंसा र पुरुषार्थको चर्चा गर्दै दिदीबहिनीद्वारा यो पर्व मनाइने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तराई मधेशको लोकनाटकको झझल्को दिने यस पर्वमा ‘सामा’ र ‘चकेवा’ नाम गरेका दुई वटा मुख्य पात्र हुन्छन् । त्यसै गरी समाजको खलपात्रको प्रतीकका रूपमा चुक्ली लगाउने एउटा अर्को पात्र पनि हुन्छ ।”

“यी तीन वटै पात्रको प्रतीकका रूपमा बनाइएको माटोको मूर्तिलाई बाँसको टोकरीमा राखी कार्तिक शुक्ल सप्तमीको साँझदेखि टोल छिमेकका दिदीबहिनी गाउँबाहिर खुला ठाउँमा एकत्रित भई सामाचकेवासम्बन्धी गीत गाउँछन्,” उहाँले अगाडि भन्नुभयो, “गीतमा दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ । त्यसै गरी सामाचकेवाको प्रतीकका रूपमा रहेको मूर्तिलाई शीत र दुबो खुवाइने गरिन्छ ।”

“सामाचकेवालाई शीत र दुबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बिचमा राखी त्यहाँ उपस्थित दिदीबहिनी वृत्ताकारमा बस्छन् र टोकरीलाई दाहिने हातले एकले अर्कोलाई दिँदै बायाँ हातले फेरि लिने गरिन्छ ।

पर्सा माधोपुर घर भई अहिले राजधानीको कुलेश्वरमा बस्दै आएकी सरिता साहले यो पर्व मनाउने क्रममा असत्य, पाप र असामाजिक तìवको प्रतीकका रूपमा रहेको चुक्ली लगाउने पात्रको जिउमा आगो लगाइने गरिएको बताउनुभयो । त्यसपछि दिदीबहिनी सामाचकेवाको गीत गाउँदै आआफ्नो घर फर्कन्छन् । घर पुगेपछि सामाचकेवा राखिएको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ । यो क्रम सप्तमीको दिनदेखि चतुर्दशीसम्म चलिरहन्छ ।

सामाचकेवा पर्वको विधिबारे जानकारी दिँदै सर्लाही बलरा घर भई अहिले राजधानीको कोटेश्वरमा बस्दै आएका तनुजा चौरसियाले पूर्णिमाका दिन यो पर्वको समापन हुने गरेको बताउनुभयो । पूर्णिमाका दिन मूर्तिहरूलाई सफा सुग्घर र रङरोगन गरी विशेष किसिमले सजाइन्छ । बेलुका दहीचिउरा, चिनी र मिठाईसहित मूर्तिहरूलाई विभिन्न प्रकारको भोजन गराइसकेपछि दिदीबहिनीले आफ्ना दाजुभाइलाई मूर्तिको जुठोस्वरूप त्यही भोजन गराउँछन् । भोजन गरिसकेपछि दाजुभाइले दिदीबहिनीलाई उपहारस्वरूप नगद, गरगहना लुगाकपडा आदि दिन्छन् ।

संस्कृतिविद् रामभरोस कापडीले पद्मपुराण, स्कन्दपुराण र साम्बपुराणमा सामाचकेवाबारे चर्चा गरिएको बताउँदै यस पर्वको सुरुवात पौराणिककालदेखि नै भएको बताउनुभयो । ग्रन्थमा उल्लेख भए अनुसार सामाका बुवाको नाम श्रीकृष्ण, आमाको नाम जाम्वती तथा पतिको नाम चारुबक्र थियो । त्यसै गरी सामाका दाजु श्रीकृष्ण पुत्र साम्ब थिए । संस्कृतिविद् कापडीले भन्नुभयो, “श्रीकृष्ण पुत्री सामा र चारुबक्र नामको केटा प्रणयसूत्रमा बाँधिन चाहन्थे तर सामासँग एउटा अर्को केटा पनि प्रणयसूत्रमा बाँधिन चाहन्थे । यो कुरा सामाले मन नपराएपछि त्यस केटाले षड्यन्त्र गरी सामाको सम्बन्ध कुनै मुनिसँग छ भन्ने कुरा पिता श्रीकृष्णलाई लगाइदिए ।”

श्रीकृष्ण क्रुद्ध भई छोरी सामालाई श्राप दिएर चरी बनाइदिए । त्यसपछि सामाकी पे्रमिका चारुबक्रले पनि सामा जस्तै चराको जुनीमा जान पाऊँ भन्दै श्रीकृष्णसँग बरदान मागे । पछि श्रीकृष्णले श्राप दिएर चारुबक्रलाई समेत चरा बनाइदिए । साम्ब पुराणका अनुसार दाजु साम्बले कठोर तपस्या गरी बहिनी सामा र भिनाजु चारुबक्रलाई पनि मानव जुनीमा फर्काउन सफल भए । सामा र चारुबक्रले कार्तिक शुक्ल पूर्णिमाकै दिन पुनः मानव जुनी प्राप्त गरेको र त्यसै दिनदेखि हिन्दु समाजमा सामाचकेवाको पर्व मनाउँदै आएको जनविश्वास रहिआएको कापडीले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक २५,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद