Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समाजमा फोटो पत्रकारको महत्त्व उल्लेखनीय – मन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक २५,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएका बताउनुभएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आज आयोजित २७ औँ वार्षिक साधारणसभा तथा १३औँ केन्द्रीय अधिवेशन कार्यक्रममा उहाँले फोटोबिना अधिकांश समाचार अधुरा हुने भएकाले समाजमा फोटो पत्रकारको महत्त्व उल्लेखनीय भएको बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “समाजमा सकारात्मक प्रेरणाका स्रोत फोटो पत्रकार भएकाले उनीहरूका चुनौती पनि धेरै छन्, सरकारले तपाईँहरूका समस्याहरू समाधान गर्न आवश्यक छ, सरकार त्यसका लागि सधैँ सकारात्मक रहेको छ ।”

यसैगरी, मन्त्री यादवले फोटो पत्रकारहरूलाई आवश्यक पर्ने स्रोतसाधन खरिददेखि उनीहरूको जोखिम बढी हुने भएकाले सरकारले नै फोटो पत्रकारको बीमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाचार सङ्कलनका क्रममा सबैभन्दा बढी फोटो पत्रकार जोखिममा पर्ने गरेका छन्, तपाईँहरूको बीमा सरकारले गरिदिनुपर्छ, त्यसका लागि मैले के सहयोग गर्छु ।”

फोटो पत्रकारहरूको सुरक्षाको प्रत्याभूति सरकारले लिने र फोटो पत्रकारका सुख दुःखमा सरकारले सधैँ साथ दिने मन्त्री यादवले विश्वाससमेत दिलाउनुभयो । उहाँले भन्नुभयो, “तपाईँहरूको साथ र सहयोग सरकारलाई आवश्यक छ, हामी पनि तपाईँहरूको साथमा छौँ, बसेर सरसल्लाह गरौँ, सरकारले के सहयोग गर्नुपर्छ, सरकार तयार छ ।”

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाजको फोटो पत्रकारको ठूलो महत्त्व रहेकाले फोटोग्राफी मात्रै नभएर फोटो पत्रकार हुनु आवश्यक रहेको बताउनुभयो । अहिलेको नयाँ प्रविधिले समाजका केही गर्नलाई फोटो पत्रकारिताको माग बढाएको समेत उहाँले बताउनुभयो ।

अध्यक्ष बस्नेतले भन्नुभयो, “हामीले अनुशासनमा बस्न सकेनौँ, पत्रकारिता बुझ्न सकेनौँ भने र विश्वसनीयता राम्रोसँग बुझ्न सकेनौँ भने क्यामेरा बोकेको कुनै अर्थ हुँदैन ।” उहाँले केही युट्युब अनलाइनका कारण पत्रकारिता क्षेत्रमा विश्वसनीयता घट्न थालेको र त्यस्ता युट्युब अनलाइनलाई प्रेस काउन्सिल नेपालले सचेत गराएको जानकारी दिनुभयो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता आफैँमा जोखिमयुक्त पेसा भए पनि आफूहरूले समाजमा सकारात्मक रुपमा काम गरिरहेको बताउनुभयो । राष्ट्रिय फोटो पत्रकार समूह नेपालमा देशभरिमा कम्तीमा पनि पाँच सय जना फोटो पत्रकार आबद्ध रहेको जानकारी दिइएको थियो ।

कार्यक्रममा सञ्चारिका समूह नेपाल अध्यक्ष लगायतका विभिन्न व्यक्तिले शुभकामना प्रदान गर्नुभएको थियो । आजको उक्त कार्यक्रममा सातजना फोटो पत्रकार तथा फोटो पत्रकार रामेछाप जिल्ला शाखालाई पुरस्कृत गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८१ कार्तिक २५,आईतवार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८१ कार्तिक २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद