Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समयमै मेलम्चीको पानी उपलब्ध गराएकोमा मन्त्री यादवको नेतृत्वको प्रशंसा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ कात्तिक । खानेपानीमन्त्री प्रदीप यादवलाई मेलम्चीको पानी समयमै काठमाडौँ उपत्यकामा उपलब्ध गराउन सफल भएको भन्दै सम्मान गरिएको छ ।

काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले आज कोटेश्वरमा आयोजना गरेको “स्वागत तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१” मा मन्त्री यादवलाई सम्मान पत्र प्रदान गरिएको हो।

मन्त्री यादवले कार्यक्रमलाई सम्बोधन गर्दै उपत्यकावासीलाई बाह्रै महिना शुद्ध र स्वच्छ पानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारको प्राथमिकता उपत्यकाको खानेपानी समस्याको अल्पकालीन र दीर्घकालीन समाधानमा केन्द्रित रहेको जानकारी गराउँदै भन्नुभयो, “पानी जीवनको आधार हो । काठमाडौँको पानी समस्या समाधान गर्न ठोस कदम चालिरहेका छौँ ।”

मन्त्री यादवले उपत्यकामा यस वर्ष वर्षायामपछि नै मेलम्चीको पानी उपलब्ध गराउन स्थानीय नागरिक, जनप्रतिनिधि, र हेलम्बुवासीको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मेलम्चीवासीप्रति आभार प्रकट गर्दै भन्नुभयो, “यो सहयोगकै कारण हामीले उपत्यकावासीका लागि पानीको आपूर्ति समयमै सम्भव बनायौँ ।”

मन्त्री यादवले समयमै पानीका मिटर उपलब्ध नगराउने ठेकेदारहरूका म्याद थप्न अस्वीकार गरेको खुलासा गर्नुभयो । उहाँले भन्नुभयो, “लापरवाहीपूर्ण काम गर्ने ठेकेदारलाई संरक्षण दिन्नौं। नयाँ टेण्डरमार्फत मिटर वितरणको समस्या अन्त्य गर्छौँ ।”

मन्त्री यादवले उपत्यकामा ५१ करोड लिटर पानीको आवश्यकता भए पनि हाल १७ करोड लिटर मात्र आपूर्ति भइरहेको जानकारी गराउनुभयो । उहाँले सिस्नेरीबाट पनि पानी ल्याउने योजना अघि बढाइएको उल्लेख गर्दै भन्नुभयो, “काठमाडौँको पानी समस्या समाधानका लागि विभिन्न परियोजनाहरूमा काम गरिरहेका छौँ।”

कोटेश्वरमा ओभरहेड ट्याङ्की निर्माणको मागबारे उहाँले बजेट बिनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो । साथै, पेप्सीकोला र जडिबुटी क्षेत्रमा यसैवर्षभित्रै खानेपानी पाइप विस्तार गरिने बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य सुनिल केसीले कार्यक्रममा बोल्नुहुँदै मन्त्री यादवको नेतृत्वमा मेलम्चीको पानी समयमै ल्याउन सफल भएकोमा उनको प्रशंसा गर्नुभयो । “उपत्यकावासीका लागि खानेपानी आपूर्ति सुधारमा मन्त्री यादवको योगदान महत्वपूर्ण रहेको छ,” केसीले भन्नुभयो ।

मन्त्री यादवले सम्मानले आफूलाई थप ऊर्जा र प्रेरणा दिएको बताउनुहुँदै मेलम्ची परियोजनालाई प्रभावकारी बनाउँदै नागरिकको अपेक्षा पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद