Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

ताप्लेजुङका किसान हिजोआज नगदे बाली अलैँची थन्क्याउनमा व्यस्त किसान

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङका किसान हिजोआज नगदे बाली अलैँची थन्क्याउनमा व्यस्त बनेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयसँगै अलैँची थन्क्याउने मौसम भएकाले खेतीमा संलग्न किसानहरू व्यस्त बनेका हुन् । किसानहरू यति बेला अलैँची थन्क्याउन अर्थात् अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त भएका छन् ।

जिल्लाकै प्रमुख नगदे बाली अलैँची थन्क्याउनलाई असोज र कात्तिक महिना मुख्य मौसम मानिन्छ । औल क्षेत्रमा भने भदौदेखि अलैँची सङ्कलन गर्न थालिन्छ भने लेक क्षेत्रमा मङ्सिर महिनासम्म सङ्कलन गर्ने गरिन्छ । भदौदेखि मङ्सिर महिनासम्म समय लाग्ने भए पनि अहिले मुख्य मौसम भएकाले किसानलाई अलैँची थन्क्याउन भ्याई नभ्याई हुने गरेको छ ।

अलैँची टिप्ने ९सङ्कलन० गर्ने समय भएपछि अरू सबै काम छोडेर किसानहरू अलैँची थन्क्याउनेमा लाग्ने गर्दछन् । दसैँ तिहारजस्ता महत्त्वपूर्ण चाडपर्व पनि नभनी हिजोआज अलैँची थन्क्याउने काममा जुट्नुपर्ने समय रहेको किसानको भनाइ छ । अलैँची थन्क्याउने समय भएकाले दसैँ पर्व पनि घरमा बसेर सहज गरी मनाउन नपाएको किसानले बताएका छन् ।

फुङ्लिङ नगरपालिकाको बिहीबारे क्षेत्रमा अलैँची खेती गर्दै आउनुभएका फक्ताङ्लुङ गाउँपालिका– खेजेनिमका किसान खाङ्डु शेर्पाले अलैँची बगानमै दसैँ मनाएको बताउनुभयो । अलैँची थन्काउने समय भएपछि ढिलो गरेमा चरामुसाले खाएर नोक्सानी पुर्याउने हुँदा चाडपर्व नभनी अलैँची थन्क्याउने काममा व्यस्त हुनुपरेको शेर्पाको भनाइ छ ।

यस्तै मिक्वाखोला गाउँपालिका–१ का स्थानीय विनोद लिम्बूले पनि अलैँची बगानमै दसैँ मनाएको सुनाउनुभयो । चाड पर्वकै समयमा अलैँची थन्क्याउने मौसम भएपछि खेतीमा संलग्न अधिकांश किसानले अलैँची थन्क्याउने काम गर्दै दसैँ मनाएका लिम्बूले बताउनुभयो । अब तिहारको समय पनि अधिकांश किसानको अलैँची बगानमै बित्ने बताउँछन् । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तु ९चरा–मुसा० ले अलैँची खाएर धेरै क्षति गर्ने किसानको भनाइ छ ।

यसरी हाल जिल्लाका अधिकांश किसान अलैँची थन्क्याउने काममा व्यस्त रहेका छन् । जिल्लाको नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबैमा अलैँची खेती हुने गरेको छ । सबैभन्दा बढी अलैँची खेती हुने जिल्ला भनेर ताप्लेजुङलाई चिन्ने गरिएको छ भने यहाँ चार हजार ५०० हेक्टर बढी क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद