Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बाढीपहिरो र डुबानका कारण भएको क्षतिको साढे नौ अर्ब रुपियाँ बिमा दाबी तीस करोड भुक्तानी

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
A A
file photo

file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, कात्तिक ११ गते । बाढीपहिरो र डुबानका कारण भएको क्षतिको बिमाबापत पाउनेहरूले दाबी गरेको रकमभन्दा कम भुक्तानी भएको छ । बिमकहरूले हालसम्म बिमा कम्पनीमा साढे नौ अर्ब रुपियाँभन्दा बढीको बिमाबापत रकम माग दाबी गरेका छन् ।

नेपालमा सञ्चालित निर्जीवन बिमा कम्पनीमा गत असोज १० पछिको बाढीपहिरो र डुबानका कारण पुगेको क्षतिमा हालसम्म बिमा कम्पनीमा नौ अर्ब ५४ करोड ६१ लख ८२ हजार ६३४ रुपियाँ बराबरको माग दाबी परेको हो ।

नियामक निकाय नेपाल बिमा प्राधिकरणका अनुसार कात्तिक ६ गतेसम्म निर्जीवन बिमा कम्पनीमा तीन हजार ३०६ बिमा दाबी सङ्ख्याबाट उक्त परिमाणमा दाबी परेको हो । कम्पनीमा दाबी परे अनुसार दाबी भुक्तानी सङ्ख्या २६१ रहेको छ । एक महिनाको अवधिमा ३० करोड ३६ लाख ५४ हजार ५६२ रुपियाँ बराबरको मात्रै दाबी भुक्तानी भएको छ ।

प्राधिकरणले छिटो र सरल रूपमा दाबी भुक्तनी गर्न कम्पनीलाई निर्देशन दिए पनि दाबी सङ्ख्याको आधारमा दाबी भुक्तानी रकम ज्यादै न्यून रहेको छ । प्राधिकरणका अनुसार दाबी पर्ने क्रम चलिरहेकाले दाबी सङ्ख्या र रकम अझै बढ्दो क्रममा रहेको छ ।

हालसम्म माग बिमा दाबी पर्नेमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा शिखर इन्सुरेन्स कम्पनी रहेको छ । शिखरमा ४२७ वटा बिमा दाबी परेका छन् भने अहिलेसम्म १५९ वटा दाबीको भुक्तानी भइसकेको छ । सो कम्पनीमा ९८ करोड ८१ लाख ४७ हजार ५४९ रुपियाँ बराबरको बिमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म २१ करोड ५० लाख ४२ हजार ४४० रुपियाँ भुक्तानी भइसकेको छ ।

शिखरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३५५ वटा बिमा दाबी परेका छन् भने अहिलेसम्म १८ वटा मात्रै दाबीको भुक्तानी भएको छ । सो कम्पनीमा ६६ करोड ८१ लाख ४७ हजार ७११ रुपियाँ बराबरको बिमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म एक करोड १९ लाख ५४ हजार ५७५ रुपियाँ भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा ४८५ वटा दाबीबापतको दुई अर्ब छ करोड ५९ लाख ८४ हजार ५६९ रुपियाँ बराबरको भुक्तानी गर्नुपर्ने भएको छ तर अहिलेसम्म कम्पनीले ३३ वटा बिमा दाबीबापत चार करोड १७ लाख ८१ हजार रुपियाँ मात्रै भुक्तानी गरेको छ ।

प्राधिकरणका अनुसार बिमा लेखको प्रकार हेर्दा सम्पत्ति बिमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बिमा ९निजी०, मोटर बिमा ९सार्वजनिक०, सामुद्रिक बिमा, कृषि बाली बिमा, पशुपन्छी बिमा र विविध रहेका छन् ।

प्राधिकरणका अनुसार बिमा दाबी परेमध्ये सबैभन्दा धेरै सम्पत्ति बिमा अन्तर्गत बिमा माग दाबी परेको छ । सम्पत्ति बिमामा एक हजार ६३५ वटा सङ्ख्यामा सात अर्ब ३१ करोड ६८ लाख ४५ हजार ७०९ रुपियाँ बराबरको माग दाबी परेको छ । सबैभन्दा धेरै भुक्तानी पनि सम्पत्ति बिमामा भएको छ । हालसम्म सम्पत्ति बिमामा १३५ वटा माग दाबीको २६ करोड ७२ लाख रुपियाँ बराबरको भुक्तानी भएको छ ।

सम्पत्तिपछि मोटर बिमा ९निजी० मा ८३८ वटा सङ्ख्यामा २६ करोड ७७ लाख ३३ हजार ८३५ रुपियाँ बराबरको माग दाबी परेको छ । यसमा पनि धेरै भुक्तानी भएको छ । हालसम्म मोटर बिमा ९निजी० मा ८४ वटा माग दाबीको दुई करोड २९ लाख ६७ हजार ३०५ रुपियाँ बराबरको भुक्तानी भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक ११,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद