वीरगन्ज,१०कार्तिक – वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउने काम नगर्न पत्रकारहरुसंग आग्रह गरेका छन्।
वीरगन्जमा सञ्चालनमा आएको रेडियो सिमाञ्चल ९५।१ मेघाहर्जको शनिबार आयोजित समुद्घाटन कार्यक्रममा बोल्दै मेयर सिंहले नेता र जनप्रतिनिधिलाई सुझाव दिने पत्रकारले ती सुझाव आँफुमापनि लागू गर्नुपर्नेमा जोड दिए।
पत्रकारिता गर्नेले सकरात्मक सोच राख्न जरुरी रहेको भन्दै मेयर सिंहले भने,ञजसरी पत्रकार र पत्रकारिता अहिले समस्यमा छन् ,वीरगन्ज महानगर चलाउनपनि त्यस्तै समस्या भइरहेको छ।यो कुरा पत्रकारलेपनि बुझिदन आग्रह गर्छु।झ
वीरगन्ज महानगरले गरेका राम्रा कामको चर्चा मिडियाले नगरिदिदाँ आँफुलाई दुस्ख लागेको गुनासो उनले सुनाए ।उनले भने,ञयदि मैले भ्रष्टाचार गरेको छु।गलत गरेको छु भने पत्रकारले लेख्नुस् म खुल्ला चुनौती दिन्छु।तर लेख्न पाए भन्दैमा जेपनि लेख्ने काम नगर्नुस् ।झ
पत्रकार समाजले भोगिरहेको पिडाको आवाज बन्नुपर्ने भन्दै उनले भने,ञमलाई विगतमा दुख परेका बेला साथदिनेहरु अहिले मेरो पहिलो प्राथमिकता रहन्छन्।झआँफु कानुनी राज्य मान्ने व्याक्ति भएको भन्दै उनले भने,ञयदि गलत गरेकै रहेछु भने सजाय भोग्न तयार छु।झ
नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेलको अध्यक्षता तथा खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यता एंव वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान,मधेस प्रदेश महासचिव श्याम बन्जारा,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा।सुबोध गुप्ता,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य निलिमा पौडेल,पर्सा अध्यक्ष विजय महतो,प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर,समाजवादी प्रेस संगठनका केन्द्रीय बृजलाल पासवान,पर्सा अध्यक्ष शम्भु कुमार सुमन,प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव लगायतकाले रेडियोको सफलताका लागि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।



