Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगञ्जको स्थानीय बजारमा भारतीय मुद्राको सटही दर हालसम्मकै उच्च

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ७,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, कात्तिक ७ गते । वीरगञ्जको स्थानीय बजारमा भारतीय मुद्राको सटही दर हालसम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकले भारतीय एकसयको नेपाली मुद्रा एकसय साठी र बट्टा पन्द्र पैसा तोकिएको भए पनि वीरगञ्ज र सीमापारिको भारतीय बजार रक्सौलमा भारतीय रुपियाँ एक सयको नेपाली रुपियाँ एक सय ६४ र ६५ मा कारोबार तथा लेनदेन भइरहेको स्थानीय तथा व्यवसायीहरुको भनाइ छ ।

स्थानीय बासिन्दाले केही दिन अघिसम्म सीमा नाकामा भारतीय रुपियाँ र नेपाली रुपियाँको कारोबार तथा लेनदेन नेपाल राष्ट्र बैंकले तोकेको दर रेटमा हुने गरेकोमा हाल एक्कासि भारतीय रुपियाँको सटही दर उच्च भएपछि सर्वसाधारण मारमा परेको बताउँछन् ।

सीमा नाकामा बसोबास गर्नेहरूको धैरै जसोको दैनिकी तथा जनजीवन भारतीय बजारप्रति निर्भर हुने गरेकोले सटही दर उच्च हुँदा सोको प्रत्यक्ष प्रभाव उद्योग वाणिज्य तथा व्यापारमा पर्ने भएकाले स्थानीय तथा वीरगञ्जको बजारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध रहेकाहरु पनि मारमा परेको व्यवसायी चन्द्रिकाप्रसाद केशरीको भनाइ छ ।

पर्सा सुनचाँदी व्यवसायी सङ्घको अध्यक्ष भुलन शर्राफका अनुसार केही दिन अघिसम्म नेपालबाट भारत तर्फ सुन जाने गरेकोमा सरकारले सुनको भन्सार महसुल दर आठ प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरेपछि सुन भारतीय बजारबाट आउने भएकोले भारतीय रुपियाँको मागन बढेकोले भारतीय मुद्राको सटही दर उच्च भएको बताउनुहुन्छ ।

स्थानीयवासी शिवजीप्रसाद साहका अनुसार चाडपर्वका समयमा ठुलो सङ्ख्यामा नेपालीहरु भारतीय बजार बाट किनमेलका गर्न जाने भएकाले पानि भारतीय रुपियाँको अभाव देखिएको बाताउनुहुन्छ ।सभार गोखापत्रबाट कन्हैयालाल केशरीले लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक ७,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद