Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, पर्सामा खाली हुँदै जसपा नेपाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ कार्तिक । जनता समाजवादी पार्टी नेपाल जसपा नेपाल पर्साका जिल्ला कार्यकारिणी सदस्य, विन्दवासिनी गाउँपालिका अध्यक्ष, र जगरनाथपुर गाउँपालिकाका इन्चार्ज रमेश साह तेलीले आज पार्टी परित्याग गर्दै अशोक राईको नेतृत्वमा रहेका जनता समाजवादी पार्टी ९जसपा० मा प्रवेश गर्नुभएको छ ।

तेलीले मङ्गलवार काठमाडौँमा नेपाल सरकारका खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादव र पार्टी उपाध्यक्ष रणध्वज कन्दङ्वाको हाथबाट पार्टी सदस्यता ग्रहण गर्दै पार्टी प्रवेश गर्नुभएको हो ।

मन्त्री यादवले तेलीको आगमनलाई महत्त्वपूर्ण राजनीतिक परिवर्तनको संज्ञा दिँदै अबको राजनीतिक आवश्यकता वास्तविक सङ्घर्ष र मधेसको समर्पित नेतृत्व रहेको बताउँदै भन्नुभयो, “जुन जसपाले मात्र प्रदान गर्न सक्छ । रमेशजीको आगमनले हाम्रो पार्टीलाई थप सबल बनाउनेछ, ।” 

उहाँले जसपा नेपालले पद र सत्ताका लागि बारम्बार सम्झौता गर्दै मधेसी जनताको भावनासँग खेलबाड गरेको आरोप पनि लगाउनुभयो । “जसपाले भने सधैँ इमानदार सङ्घर्ष गर्छ, र अबको सही राजनीतिक विकल्प यही हो । समृद्ध मधेस र सशक्त राष्ट्र निर्माणका लागि सबैलाई ढिला नगरी जसपामा सामेल हुन आग्रह गर्दछु । परिवर्तन र पहिचानको यात्रा यहीँबाट सुरु हुन्छ,” उहाँले थप्नुभयो ।

त्यसै गरी, जसपा प्रवेश गर्नुभएको रमेश साह तेलीले मधेस र जनताको हितको संरक्षण गर्ने जिम्मेवारीबाट जसपा नेपाल चुकेको कारण आफूले जसपा प्रवेश गरेको बताउनुभयो । तेलीले जसपा नेपालमा आबद्ध रहेका अन्य नेताहरूलाई सही समयमै निर्णय लिन आग्रह गर्दै भन्नुभयो, “अब सबैले जसपामा सामेल भई सही मार्गमा अघि बढ्नुपर्छ । म सधैँ जनताको सेवामा सक्रिय रहँदै विकास र समृद्धिका लागि काम गर्न प्रतिबद्ध छु ।”

जसपाका उपाध्यक्ष रणध्वज कन्दङ्वाले तेलीजस्तो समर्पित नेताको साथले जसपा थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै पार्टीका नेता तबरेज अहमदले रमेश साह तेलीको आगमनलाई ऐतिहासिक निर्णयको रूपमा व्याख्या गर्दै जसपाले मात्र मुलुकको स्थायी परिवर्तन र मधेसको समृद्धिको ग्यारेन्टी गर्न सक्षम रहेको दाबी गर्नुभयो ।

रमेश साह तेलीको जसपामा प्रवेशलाई पर्साको राजनीति र जसपाको अभियानमा नयाँ ऊर्जा थप्ने घटनाका रूपमा हेरिएको छ । जसपाले आगामी दिनहरूमा मधेसको अधिकार र पहिचानका लागि आफ्नो अभियानलाई अझ सशक्त बनाउन योजना बनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद