Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्याङ्जाको चापाकोट बम विस्फोटस् सेनाबाट अवकाश पुरी पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ५,सोमबार
A A
file photo

file photo

1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वालिङ, कात्तिक ५ गते । स्याङ्जाको चापाकोटमा भएको बम विस्फोटको घटनामा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ चापाकोट नगरपालिका–४ मल्याङ्कोटमा रहेको पुरीको घरमा सकेट बम विस्फोट भएको थियो । विस्फोटमा पुरी आफै सामान्य घाइते हुनु भएको थियो । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार पछि पुरीलाई प्रहरीले पक्रेको हो ।

दुई बर्ष अगाडि सेनाबाट अवकाश लिएका ४५ वर्षीय पुरीको घरबाट ठुलो मात्रमा विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिनु भयो ।

पुरीको घरबाट विस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान बरामद गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । अवकाश प्राप्त नेपाली सेना भएकाले बम बनाउने बारुद सहित अन्य विस्फोटक पदार्थ पुरीले कहाँबाट र कुन प्रयोजनका लागि ल्याउनु भएको हो भन्ने अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

शनिवार घरको तेस्रो तलाबाट दोस्रो तलामा भाँडाहरू सार्ने क्रममा सकेट बम विस्फोट भएको थियो । विस्फोटबाट पुरीको तीन तले कच्ची घरमा क्षति पुगेको छ । विस्फोट भएको घरमा प्रहरी र नेपाली सेनाको विशेष टोलीले अनुसन्धान तथा खोज गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुरी सुनवलमा बस्दै आउनु भएको थियो । उहाँ दसैँमा टिका लगाउन घरमा आएका परिवारले जनाएको छ । विस्फोट भएको घरमा पुरीका बुवा आमा मात्रै बस्दै आउनु भएको थियो ।

विस्फोटक पदार्थ आफैले राखेको ठहर भएमा पुरीलाई विस्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ । सभार यो समाचार गोरखापत्र अनलाइनमा पत्रकार राधाकृष्ण डुम्रे लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८१ कार्तिक ५,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८१ कार्तिक ५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद